Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

भारतीय मालवाहक साधनलाई २४ घण्टाका लागि मात्रै नेपालमा प्रवेश गर्न दिन नाडाको आग्रह

Hyundai Nepal
भारतीय मालवाहक साधनलाई २४ घण्टाका लागि मात्रै नेपालमा प्रवेश गर्न दिन नाडाको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले भारतीय मालवाहक साधनलाई २४ घण्टाका लागी मात्रै नेपालमा प्रवेशको अनुमित दिन आग्रह गरेको छ । नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटका क्रममा यस्तो आग्रह गरेको हो । 

Shivam Cement
Sagarmatha Cement

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा मालबाहक भारतीय ट्रक निर्बाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट  नेपालको मालवाहक सवारी साधनहरुको बिक्री र त्यसको व्यवसायमा गम्भिर असर परेको भन्दै ध्यानाकर्षण गराएका छन् । 

यस्तै भारतीय मालवाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमी सम्म मात्र सञ्चालन गर्न दिने व्यवस्थाका लागी आग्रह गरिएको नाडाले जनाएको छ ।  

यसै छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतिलेे नेपाल भारतबीच खुल्ला सीमानाकोे कारणले भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुब्रीकेन्ट, टायर तथा अटोमोवाइल स्पेयर पाट्र्सको आयात हुदै आएको र यसले नेपालको लुब्रीकेन्ट र टायरट्युब उद्योगहरुलाई गम्भिर असर परिरहेको बताए । बस्तुहरुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु आफनो व्यवसायमा टिकीरहन ज्यादै कठीन हुदै गईरहेकोले नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित पनि गर्नु पर्ने उनले बताए । सो छलफलका क्रममा नाडाका पदाधिकारी तथा सदस्यहरुले नाकामा हुने गरेका विभिन्न समस्याहरु बारे जानकारी गराएका थिए ।  

छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए । उक्त छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।                                                 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.