Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बजारमा ब्रेक लाग्दा नेप्से पुनः २१ सय तल,जानकार भन्छन्,‘नाफा बुकिङका कारण करेक्सन’

Global IME Bank Limited
बजारमा ब्रेक लाग्दा नेप्से पुनः २१ सय तल,जानकार भन्छन्,‘नाफा बुकिङका कारण करेक्सन’
Nabil Bank Limited

काठमाण्डौ । लगातार तीन दिनसम्म बढेको बजारमा आज भने ब्रेक लागेको छ । आज नेप्से परिसूचक २१.६७ अंक अर्थात १.०२ प्रतिशतले घटेको छ । यो गिरावटसँगै नेप्से परिसूचक २ हजार ९७.९३ बिन्दुमा सीमित भएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०८ प्रतिशतले घटेर ३७८.६३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,‘केहि दिनदेखि बढेको बजारमा आज लगानीकर्ताले नाफा बुकिङ गरेकाले बजार करेक्सन भएको हो । लगानीकर्ता पर्ख र हेरको अवस्थामा पनि थिए । यसले करेक्सन सकिएको रहेनछ भन्ने बुझियो । ’

त्यहि कारण बजार २ हजार ६० को बिन्दुसम्म परिक्षण गर्न पुनःआउन सक्ने उनले बताए । यद्यपी बजारमा डराईहाल्नुपर्ने अवस्था भने नरहेको गजुरेल बताउँछन् ।  

अर्का बजार जानकार पर्वत विष्ट भन्छन्,‘बजारमा केहि सीमित कम्पनीहरु मात्रै बढाएर उचालिएको थियो । आज त्यहि कम्पनीहरुमा नाफा बुक आयो । वाणिज्य बैंकहरुको वित्तीय विवरणहरु पनि खासै राम्रो आएको छैन ।’

बढ्दो राजनीतिक अस्थिरताका कारण पनि लगानीकर्ताको मनोबल बढ्न नसककेको विष्टको विचार छ ।    

यो दिन १३ वटा उपसूचकमध्ये उत्पादन तथा प्रशोधन उपसूचकमा मात्रै हरियाली छायो । यो उपसूचक ०.१४ प्रतिशतले बढेको छ ।  

आज बैंकिङ उपसूचक ०.५९ प्रतिशत,विकास बैंक १.९३,वित्त १.९१,होटल २.०४,हाईड्रो १.४४,लगानी १.२८,जीवन बीमा १.३६,लघुवित्त १.०७,म्युचुअल फण्ड ०.०२,निर्जीवन बीमा १.०६ र अन्य उपसूचक ०.६४ प्रतिशतले घटेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

लगातार उच्च कारोबार भईरहेको हिमालयन रि इनस्योरेन्स कम्पनीको आज पनि सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ६३ करोड ८७ लाख बढीको सेयर कारोबार भएको छ । त्यस्तै एनआरएनको २६ करोड १ लाख,ङादी पावरको २४ करोड २६ लाख,नेपाल पुनर्बीमा कम्पनीको १९ करोड ८९ लाख र हाथवे इन्भेष्टमेन्टको ११ करोड १७ लाख बढीको कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक सक्रिट लागेको छ । आज सामलिङ्ग पावरको सेयरमूल्य ९.८७ प्रतिशत र मन्दाकिनी हाईड्रोको सेयरमूल्य ९.६७ प्रतिशतले बढेको छ ।  

यसैगरी पिपुल्स पावरको सेयरमूल्य ७.६७ प्रतिशत,रावा इनर्जीको ५.०५ र पिपुल्स हाईड्रोपावरको सेयरमूल्य ४.९१ प्रतिशतले बढेको छ ।  

आज मेन्छियाम हाईड्रोको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यो कम्पनीको सेयरमूल्य ५.८७ प्रतिशतले घटेको छ । यो दिन स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.७८ र अपर स्याङदी हाईड्रोको मूल्य ५.१५ प्रतिशतले घटेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.