शुक्रबार, जेष्ठ १,२०८३ 02:41:41
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:41:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अब ५ मिनेटभन्दा कम समयमै हुनेछ ईभी कार चार्ज, बेलायतमा विकास भयो यस्तो चार्जर

Laxmi Sunrise Bank Limited
अब ५ मिनेटभन्दा कम समयमै हुनेछ ईभी कार चार्ज, बेलायतमा विकास भयो यस्तो चार्जर
Shivam Cement

काठमाण्डौ । विद्युतीय सवारी साधन(ईभी)का बारे आम मानिसले दिने मुख्य चासोको विषय भनेको यसको ब्याट्रीको बारेमा हो । ब्याट्री चार्ज गर्न लामो समय पर्खनु पर्ने भएकाले ईभीको ब्याट्री बारे धेरै चासो राख्ने गरेको पाइन्छ । तर अब पट्यारलाग्दो चार्जिङको पर्खाइबाट ईभीका प्रयोगकर्ताले उन्मुक्ति पाउने भएका छन् ।  

बेलायतको स्र्टाअप कम्पनीले यसको उत्तर पत्ता लगाएको छ । क्याम्ब्रिजमा आधारित स्टार्टअप कम्पनी नियोबोल्टले ३५ किलोवाट आवरको लिथियम–ईयोन ब्याट्री विकास गरेको छ । जुन केलव साढे ४ मिनेटमा नै १० देखि ८० प्रतिशतसम्म चार्ज हुन सक्छ । कम्पनीले गत साता यो ब्याट्रीको परीक्षण गरेको थियो ।  

यो समय अहिले टेस्ला जस्ता कम्पनीहरुले फास्ट चार्जर प्रयोग गरेर २० मिनेटमा गरिरहेको चार्जको तुलनामा निकै कम समय हो । यस्तै यो अधिकांश ग्यासोलिन कारहरुमा फिलअप गर्न लाग्ने २ मिनेटको समयको निकै नजिक पनि हो ।  

बेलायत र अमेरिकामा गरिएको अनुसन्धानमा नयाँ ब्याट्री प्रविधि विकास गरिएको र असम्भव मानिएका प्रडक्ट र सर्भिसलाई विद्युतीकरण गर्नतर्फ अग्रसर भईरहेको नियोबोल्टका सीईओ साई शिवारेड्डीले बताए । नियोबोल्ट क्याम्ब्रिज विश्वविद्यालयका ब्याट्री वैज्ञानिक क्ल्येर ग्रे र यहाँबाट शिक्षा प्राप्त गरेका शिवारेड्डीले एक दशकको अनुसन्धानबाट स्थापना गरेको कम्पनी हो ।  

Bizshala
New Office
CG Motors

सीईओ रेड्डीले ब्याट्रीको आयुलाई प्रभाव नपार्ने र कम ताप उत्पन्न गर्ने गरी सुपर फास्ट चार्जरको विकास गरिएको बताएका छन् । बढी तापका कारण लिथियम–ईयोन ब्याट्रीमा आगो लागी विस्फोट हुन सक्ने भएकाले यसले ब्याट्रीलाई सुरक्षित बनाउने उनले बताए ।  

यस्तै ब्याट्रीमा प्रयोग भएको एनोड्सले इलेक्ट्रोनको प्रवाहलाई तीव्र पार्ने उनले दाबी गरे । नियोबोल्टले सुरुवाति चरणमा ८ वटा ईभी कार निर्मातालाई मात्रै यो ब्याट्री बिक्री गरिने जनाएको छ । यो ब्याट्री आम रुपमा अमेरिकामा प्रयोग भईरहेको ८५ किलोवाट आवरको तुलनामा निकै सानो छ ।  

ईभीको ब्याट्री चार्जिङमा लामो समय लाग्ने मुख्य समस्याका रहेको बेला नियोबोल्टले विकास गरेको ब्याट्री ईभी क्षेत्रका लागि गेमचेन्जर सावित हुने विश्वास गरिएको छ । -एजेन्सी 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X