Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

अपर तामाकोशीको सेयर अक्सनमा नपाएका लगानीकर्ताको ४.५ अर्ब १५ दिनदेखि होल्ड, सित्तैमा चलाए बिक्री प्रबन्धकले

Hyundai Nepal
अपर तामाकोशीको सेयर अक्सनमा नपाएका लगानीकर्ताको ४.५ अर्ब १५ दिनदेखि होल्ड, सित्तैमा चलाए बिक्री प्रबन्धकले
Nabil Bank Limited

काठमाण्डौ । मानिसहरु फण्डको अभावमा फिट्फिटी परिरहेका छन् । लगानीकर्ताको ठूलो रकम लामो समयसम्म फिर्ता नहुँदा ब्रोकरहरुमा उधारोमा कारोबार गर्ने बाध्यता समेत उस्तै छ । बजार बढेको समयमा आफूसँग भएको रकम समेत लगानी गरी केही कमाउने बेलामा दुई संस्थाहरुले भने लगानीकर्ताको करिब साढे ४ अर्ब रकम १५ दिनदेखि होल्ड गरिरहेका छन्, त्यो पनि बिना ब्याज ।  

अपर तामाकोशीको सेयर खरीदका लागि अक्सन प्रक्रियामा सहभागी भए पनि सेयर नपरेका लगानीकर्ताको मात्रै करिब साढे ४ अर्ब रुपैयाँ करिब १५ दिनदेखि बिक्री प्रबन्धकको काम गरिरहेका नागरिक लगानी कोष र लक्ष्मी सनराइज(एलएस) क्यापिटलले होल्ड गरेर राखेका हुन् । 

Shivam Cement
Sagarmatha Cement

बिनाब्याज करिब साढे ४ अर्ब दुई बिक्री प्रबन्धकले होल्ड गरेपछि बजारमा यसको व्यापक विरोध सुरु भएको छ ।  

पीडितमध्येका एक लगानीकर्ता मधुसुदन श्रेष्ठले कटअफ मूल्य १४६ रुपैयाँ आए पछि त्यहाँभन्दा कम रेट राखेर बोलपत्र पेश गर्नेहरुको पैसा पनि हालसम्म फिर्ता नभएकोमा आपत्ति जनाए । उनले भने–‘बिक्री प्रबन्धकहरुले १५ दिन भन्दा बढी समयदेखि लगानीकर्ताको ४ अर्ब ५० करोड  रुपैयाँ सित्तैमा चलाएका छन् । यो त सिधैं लूट नै भयो ।’

सो अक्सनको नाममा गूड फर पेमेन्ट र  नगद गरेर करिब १० अर्ब बढी रकम उठेको थियो । कटअफ मूल्य १४६ रुपैयाँ आएपछि त्यहाँभन्दा कम रेट राखेर अक्सनमा सहभागी हुने सबै लगानीकर्ताको पैसा क्यापिटलले तुरुन्तै फिर्ता गर्नुपर्ने थियो । ‘गूड फर पेमेन्टको पैसा तान्नुपर्ने पनि थिएन । तान्नु नपर्ने पैसा पनि तानियो । आबेदन दिएको मितिदेखि हिसाब गर्ने हो भने लगानीकर्ताहरुले एक महिनाभन्दा बढी पैसा होल्ड गरिएको छ ।’ सेयर पर्नेहरुको हकमा ठीकै भएता पनि नपर्नेहरुको हकमा भने ४ अर्ब ५० करोड रुपैयाँको ब्याजसहित पैसा फिर्ता गर्नुपर्ने लगानीकर्ताहरुले माग गरेका छन् ।

सेयर नपाउनेहरुको ठूलो रकम नियोजित ढंगले होल्ड गरेर राखिएको लगानीकर्ताको दाबी छ ।  

बिक्री प्रबन्धक कम्पनीका अधिकारीहरुले भने बिहीबार अपर तामाकोशीको अक्सन प्रक्रियाअन्तरगत अन्तिम बाँडफाँड भई आगामी साताभित्र लगानीकर्ताको पैसा उनीहरुको खातामा फिर्ता हुने जनाएका छन् ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.