Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बिन्ध्यवासिनी हाइड्रोको नाफा २१.९५% ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

Global IME Bank Limited
बिन्ध्यवासिनी हाइड्रोको नाफा २१.९५% ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको मुनाफामा गिरावट आएको छ ।  कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा २१.९५ प्रतिशतले घटेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको खुद मुनाफा ८ करोड ७९ लाख ३३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ११ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्री हुने आम्दानी वृद्धि भएको छ । कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ७३ लाख बढी आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ५३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले  विद्युत बिक्रीबाट १६ करोड १६ लाख कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको सामान्य प्रशासनिक खर्च भने वृद्धि भएको छ । कम्पनीको खर्च ३ करोड १३ लाख रुपैयाँबराबरको सामान्य प्रशासनिक खर्च भएको छ । यस्तो खर्च गत वर्षको समीक्षा अवधिसम्म २ करोड ९४ लाख रुपैयाँ थियो ।  

कम्पनीको प्रतिसेयर आम्दानी ८.३७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११६.८४ रुपैयाँ,प्रतिसेयर मूल्य ५०६ रुपैयाँ,तरलता अनुपात १.६६ गुणा कायम भएके छ ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.