सोमबार, आश्विन २८,२०८१ 09:32:58
IME remit
  • सोमबार, आश्विन २८,२०८१ 09:32:58
IME remit
Global IME Bank Limited

जीवन विकास लघुवित्तको ९१.६३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त

Hyundai Nepal
जीवन विकास लघुवित्तको ९१.६३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त
Nabil Bank Limited

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको कुल ९१ लाख कित्ता बढी सेयरको लक इन अवधि असार २२ गते समाप्त भएको हो ।  

कम्पनीको संस्थापक सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयर(बोनस समेत)को लक इन अवधि समाप्त भएको हो ।

कम्पनीको ९० लाख ९५ हजार ७५२.५७ कित्ता संस्थापक सेयर र ६७ हजार ३७५.९५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ९१ लाख ६३ हजार १२८.५२ कित्ता सेयरको लक इन अवधि सकिएको छ।

Bizshala
Shivam Cement
CG Motors

कम्पनीले आम सर्वसाधारणका लागि २०७८ असार ११ गतेदेखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ सोही वर्षको असार २३ गते बाँडफाँड गरिएको थियो ।  धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।  

संस्थाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको ३ वर्ष आगामी असार २२ गते समाप्त भएकाले उक्त अवधिभर लक इनमा रहेका संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिएको संस्थाले जनाएको छ । 

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.