Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

अन्नपूर्ण केबलकारले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

Hyundai Nepal
अन्नपूर्ण केबलकारले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । अन्नपूर्ण केबलकार लिमिटेडले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ११ गतेका लागि सभा डाकेको हो ।  

Shivam Cement
Sagarmatha Cement

उक्त सभा कास्की जिल्लाको पोखरा लेकसाइडमा आयोजना हुनेछ ।  

सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । 

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत पुस १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारण तथा स्थानियका लागि आईपीओ निष्कासनको अनुमति माग गरेको हो । 

कम्पनीले रु.१०० अंकित दरका ३१ करोड रुपैयाँबराबरको ३१ लाख कित्ता आईपीओको निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.