शुक्रबार, असार १२,२०८३ 12:45:36
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 12:45:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ललितपुर महानगरको बेरुजु ०.४ प्रतिशत मात्र, पुँजीगत खर्च ८३.६२ प्रतिशत

Laxmi Sunrise Bank Limited
ललितपुर महानगरको बेरुजु ०.४ प्रतिशत मात्र, पुँजीगत खर्च ८३.६२ प्रतिशत

काठमाण्डौ। ललितपुर महानगरको आर्थिक वर्ष २०८०/८१ मा महानगरको बेरुजु ०.४ प्रतिशत मात्र रहेको छ। आ.व.२०८१/८२को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा महानगरले असार २४ गतेसम्म चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा कुल खर्च ८३.६२ प्रतिशत रहेको बताएको हो।

New Office
CG Motors
Garima Development Bank

यसमध्ये पुँजीगत खर्च ८१.३ प्रतिशत रहेको र राजस्व सङ्कलनः ९८.५ प्रतिशत रहेको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।

महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०८१.८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए। यो गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो।

यसमध्ये पुँजीगत तर्फी ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार( ६३ प्रतिशत) र प्रशासनिक खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ (३७ प्रतिशत) रहेको प्रमुख महर्जनको भनाई छ।

महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए। यो गतवर्षको तुलनामा १५ प्रतिशतले बढी हो।

यसमध्ये पुँजीगत तर्फी ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार ९ ६३ प्रतिशत० र प्रशासनिक खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ (३७ प्रतिशत) रहेको प्रमुख महर्जनको भनाई छ।

महानगर प्रमुख चिरीबाबु महर्जनले सम्पदा क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमणमा शून्य सहनशीलता अपनाउँदै सार्वजनिक जग्गाको लगत सङ्कलन गरेको बताए।

सिमाङ्कन र संरक्षणका लागि समिति गठन तथा बजेट व्यवस्था गरिएको उनको भनाई थियो। 

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरलाई हस्तकलाको राजधानी बनाउने तयारी गरेको बताइन्। 

त्यसका लागि संघ प्रदेशसँग छलफल भइरहेको जानकारी दिइन्। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.