बुधबार, कार्तिक ७,२०८१ 08:02:19
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:02:19
IME remit
Global IME Bank Limited

नेप्सेमा धितोपत्र थप्न वाणिज्य बैंकहरु कमजोर, बीमा समूह अब्बल बन्दै

Hyundai Nepal
नेप्सेमा धितोपत्र थप्न वाणिज्य बैंकहरु कमजोर, बीमा समूह अब्बल बन्दै
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ खर्ब रुपैयाँ भन्दा बढीको धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा नेप्सेमा १ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको हो ।  

जसमा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको बोनस सेयर, २१ अर्ब २७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ रहेका छन् ।  

गत आवको तुलनामा धितोपत्र सूचीकृत रकम ५६.५२ प्रतिशतले कम हो । गत आवको यस अवधिसम्म नेप्सेमा २ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको थियो ।  

चालु आर्थिक वर्षमा सूचीकृत कम्पनीहरुमध्ये अधिकांश कम्पनीले सेयरधनीहरुमा बोनस सेयर वितरण नगर्दा यस्तो रकम घट्न पुगेको हो । नेपाल राष्ट्र बैंकको कडाईसँगै अधिकांश बैंक तथा वित्तीय संस्थाले यस वर्ष सेयरधनीहरुलाई बोनस सेयर जारी गरेका थिएनन् ।  

वाणिज्य बैंकहरुले यसअघिका वर्षहरुमा बोनस सेयरमार्फत ठूलो रकम बराबरको धितोपत्र नेप्समा सूचीकृत गराएका हुन्थे । तर चालु आवमा अधिकांश वाणिज्य बैंकहरुले बोनस भन्दा नगद लाभांशमा जोड दिदा धितोपत्र सूचीकृत रकम घट्न पुगेको हो ।  

जेठ महिनासम्ममा सर्वाधिक वाणिज्य बैंकहरुबाट धितोपत्र सूचीकृत भएका छन् । वाणिज्य बैंक समूहबाट कुल ३७ अर्ब ६५ करोड ४७ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । तर यो रकम गत आवको तुलनामा ८०.४६ प्रतिशतले कम हो ।  

Bizshala
Shivam Cement
CG Motors

गत आवको यस अवधिसम्म वाणिज्य बैंकहरुले १ खर्ब ९२ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत गराएका थिए ।  

नेप्सेमा सबै वाणिज्य बैंकहरु सूचीकृत छन् । बैंकहरुले नेप्सेमा बोनस सेयर नै सूचीकृत गराएका हुन्छन् । यसर्थ बैंकहरुको बोनस सेयर रकम गत आवको तुलनामा ८०.४६ प्रतिशतले घटेको देखिन्छ ।  

त्यस्तै, दोस्रोमा हाइड्रोपावर समूहबाट ३४ अर्ब १३ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । यो रकम गत आवको तुलनामा ८.५२ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म हाइड्रोपावर समूहबाट ३१ अबै ४५ करोड ६९ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका थिए ।  

गत आवको तुलनामा नेप्सेमा धितोपत्र थप्न वा सूचीकृत गराउन बीमा समूह अब्बल देखिएको छ । बीमा कम्पनीहरुबाट ११ महिनासम्ममा ३२ अर्ब ४९ करोड १ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । यो रकम गत आवको तुलनामा १२६.८७ प्रतिशतले बढी हो ।  

गत आवको यस अवधिसम्म बीमा समूहबाट १४ अर्ब ३२ करोड १३ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका थिए ।  

त्यस्तै, अन्य समूहबाट १९ अर्ब ८१ करोड, माइक्रोफाइनान्स समूहबाट १ अर्ब ६९ करोड २८ लाख र फाइनान्स समूहबाट २३ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.