काठमाण्डौ । साता कारोबारको अन्तिम दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुईवटा उपसूचक राताम्य भएका छन् ।
बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह ३.०६ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.०१ प्रतिशतले बृद्धि भएको छ । आज २५ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ७.०९ प्रतिशतले बढेर ५७४ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सानिमा रिलायन्स लाइफको ४.६२ प्रतिशत, सिटिजन लाइफको ३.९८ प्रतिशत, नेशनल लाइफको ३.५३ प्रतिशत, सुर्यज्योति लाइफको ३.३३ प्रतिशत, युनाइटेड अजोडको ३.२५ प्रतिशत, सन नेपाल लाइफको ३.२३ प्रतिशत, सानिमा जिआइसीको २.९७ प्रतिशत, एलआइसी नेपालको २.८० प्रतिशत, एशियन लाइफको २.६५ प्रतिशत, हिमालयन लाइफको २.५३ प्रतिशत, आइएमई लाइफको २.०७ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.९२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.८४ प्रतिशत र रिलायबल नेपाल लाइफको १.६९ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.५८ प्रतिशत, नेपाल लाइफको १.४८ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.४० प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.२७ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.०९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.६९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.५७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३८ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.०७ प्रतिशतले सेयरभाउ बढेको छ । आज एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ घटेको छ । कम्पनीको सेयरभाउ ०.५७ प्रतिशतले घटेर ८०१.७० रुपैयाँ कायम भएको छ ।
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीन बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि इन्स्योरेन्सको १२ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा जिआइसीको १२ करोड ६८ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सको ९ करोड २७ लाख रुपैयाँमाथिको कारोबा भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                