Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रको आपत्ति: आकस्मिक पत्रकार सम्मेलन हुँदै

Global IME Bank Limited
अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रको आपत्ति: आकस्मिक पत्रकार सम्मेलन हुँदै
Nabil Bank Limited

काठमाण्डौ । उद्योगपति तथा व्यवसायी अरुण चौधरीलाई हठात् पक्राउ गरिएको भन्दै निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक संघसंगठनले आकस्मिक पत्रकार सम्मेलन आह्वान गरेका छन् ।  

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आज साँझ ५ बजे काठमाण्डौको बानेश्वरस्थित होटल एभरेष्टमा आकस्मिक पत्रकार सम्मेलन बोलाएका हुन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरेकोमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका नेताहरुले आपत्ति जनाइसकेका छन् । सोही विषयमा एउटै सन्देश दिने उद्देश्यले आकस्मिक र संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको हो ।  

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेर चौधरी ग्रुपको नाममा लगेको आरोपमा अरुण चौधरीलाई पक्राउ गरिएको थियो । चौधरीसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र  कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।

पक्राउ परेका तीनैजनालाई हिरासतमा राख्ने अनुमति माग्दै सीआईबी काठमाण्डौ जिल्ला अदालतमा पुगेको छ  

अदालतले तीनैजनालाई थप हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिने सम्भावनासँगै निजी क्षेत्रका संघसंस्थाहरु सरकारी कदमको विरोधका लागि एकजुट बनेका हुन् ।  

निजी क्षेत्रका संघसंगठनका नेताहरुले कुनै आरोप लाग्दैमा व्यवसायीलाई पक्राउ गरिनु राज्यको गलत रबैया भएको टिप्पणी गरिरहेका छन् । कतिपयले त अरुण चौधरीको पक्राउ प्रकरणलाई राज्य संरक्षित आतंकको समेत संज्ञा दिएका छन् ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.