• शनिबार, भाद्र २८,२०८२ 07:24:12
Global IME Bank Limited

धारा ७६(३) अनुसार सरकार गठनको ‘माओवादी प्रयास’ रोक्न कांग्रेस–एमालेको यस्तोसम्म तयारी

Hyundai Nepal
धारा ७६(३) अनुसार सरकार गठनको ‘माओवादी प्रयास’ रोक्न कांग्रेस–एमालेको यस्तोसम्म तयारी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को उपधारा ३ आकर्षित हुने गरी नयाँ सरकार गठनको जिकिर गरिरहेको माओवादी लगायतका शक्तिकेन्द्रहरुलाई रोक्ने कांग्रेस–एमालेले पनि विशेष तयारी गरेका बुझिएको छ ।  

एमालेका एक पदाधिकारीकाअनुसार माओवादीले सुरुवातदेखि नै प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएको अवस्थामा धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार गठन हुने र यसैलाई आधार मानेर राष्ट्रपतिले नयाँ सरकारको गठनका लागि आह्वान गर्नुपर्ने जिकिर गरिरहेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

 

माओवादीको एक्लो शक्तिले मात्र यस्तो जिकिर नभएको निश्कर्ष निकाल्दै एमाले र कांग्रेसले सम्भावित कदमहरुलाई रोक्न र राष्ट्रपति रामचन्द्र पौडेललाई धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनका लागि आह्वान गर्न बाध्य बनाउन प्रतिनिधिसभाका दुईतिहाई सांसदहरुको हस्ताक्षर नै तयार गरेका छन् ।  

दुईतिहाई बढी सांसदहरुको समर्थन र हस्ताक्षरसहित प्रचण्डले विश्वासको मत नपाएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने अपीलसहितको राष्ट्रपति समक्ष समावेदन दिने तयारी गरिएको हो ।  

भोलि संसदमा प्रधानमन्त्री दाहालले विश्वासको मत नपाएको सूचनाको विषयमा संसद सचिवालयले राष्ट्रपति कार्यालयमा लिखित जानकारी पठाउनेछ । त्यसलगत्तै कांग्रेस र एमाले लगायतका दलका दुईतिहाई सांसदहरुको हस्ताक्षर रहेको समावेदन राष्ट्रपतिसमक्ष बुझाइनेछ ।  

कांगे्रेस र एमालेका नेताहरुले अन्तिम अवस्थासम्म पनि माओवादीले खेलमा गडबड गर्ने प्रयासलाई जारी राखेको दाबी गरिरहेका छन् । केही विदेशी तत्वहरुले समेत यसमा साथ दिएकाले राजनीतिमा जुनसुकै ट्वीस्ट आउनसक्ने भन्दै संयुक्त सरकार चलाउने लगायतका विषयमा सहमति गरेका कांग्रेस र एमालेका नेताहरु समेत हाई–अलर्टमा बसेका छन् ।  

‘सत्ता गुमेको आवेगमा माओवादीले यो वा त्यो नाममा राष्ट्रपतिजस्तो स्वच्छ संस्थालाई विवादमा ल्याउने कोशिश गर्नेछ । यसको बेलैमा प्रतिवाद गर्नुपर्छ र खेल्नेहरुलाई ठाउँ दिनुहुन्न भन्नेमा हामी दृढ छौं ।’ एमालेका ती नेताले भने–‘पूर्व अभ्यासहरु, अदालतका नजिरहरु तथा दुईतिहाई बहुमत सांसदहरुको हस्ताक्षर हेरेर राष्ट्रपति संविधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आह्वान गर्ने अपेक्षा छ ।’  

यदि राष्टपति पौडेलले धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार गठनका लागि आह्वान भएमा केपी ओली प्रधानमन्त्री बन्ने छैनन् । किनभने उपधारा ३ मा संसदको सबैभन्दा ठूलो दलका नेताको नेतृत्वमा सरकार गठनका लागि आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.