बिहीबार, असार १८,२०८३ 01:24:55
Bizshala
  • बिहीबार, असार १८,२०८३ 01:24:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा, त्रिशूलीमा खसेका बस चुम्बकले खोज्दा पनि भेटिएनन्

Laxmi Sunrise Bank Limited
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा, त्रिशूलीमा खसेका बस चुम्बकले खोज्दा पनि भेटिएनन्

काठमाण्डौ । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान १ बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको हो ।  

इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुइतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा यातायात सञ्चालनमा आएको छ । यस्तै सिमलतालमा दुइतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ । सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा २ वटा बस बेपत्ता भएका छन् । उक्त बसहरुको खोजीकार्य जारी छ ।

New Office
CG Motors
Garima Development Bank

पहिरोले बगाएर त्रिशूली नदीमा खसेका २ वटा बस अझै भेटिएका छैनन् । घटना लगत्तै खोजी कार्य गरिएपनि बसेको अवस्था अज्ञात रहेको खोजी कार्यमा संलग्न सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोताखोर टोली र नेपाल प्रहरीले जनाएको छ ।  

बाढीको चाप, पानी धमिलो हुनु, बस खसेको स्थान अप्ठ्यारो भएकाले खोजी कार्यमा कठिनाई आईरहेको छ । अहिले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.