आईतवार, असार २२,२०८२ 04:18:13
  • आईतवार, असार २२,२०८२ 04:18:13
Global IME Bank Limited

अरुण चौधरीलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

Hyundai Nepal
अरुण चौधरीलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
Nabil Bank Limited

काठमाण्डौ । बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनीभन्दा बढी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी तथा उद्योगपति अरुण चौधरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डौ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।  

बिहीबार पक्राउपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला सरकारी वकिल कार्यालय हुँदै चौधरीलाई समेत अदालतमा उपस्थित गराएको थियो । चौधरीलाई ४ दिन थप हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सीआईबीलाई अनुमति दिएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

सो प्रकरणमा आम्रपाली कन्ट्रक्सनका मालिक समेत रहेका कारखानाका तत्कालीन अध्यक्ष सञ्जय ठाकुर र तत्कालीन सञ्चालक समितिका अध्यक्ष अजितनारायणसिंह थापालाई प्रहरीले पक्राउ गरेको थियो ।  

चौधरीलाई बिहीबार लैनचौरबाट र थापालाई बत्तीसपुतलीबाट सीआईबीले पक्राउ गरेको थियो ।  

थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिसँगको मिलेमतोमा अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका प्रहरीको दाबी छ । तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी बनाएको आरोप छ । त्यहाँ अहिले चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गरिरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.