Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अन्तरराष्ट्रिय चेन होटल नेपालबाट बाहिरिने अवस्थामा, सञ्चालकले भेटे अर्थमन्त्री

Global IME Bank Limited
अन्तरराष्ट्रिय चेन होटल नेपालबाट बाहिरिने अवस्थामा, सञ्चालकले भेटे अर्थमन्त्री
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा संचालित अन्तरराष्ट्रिय चेन होटल संचालकहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनका कारण आफूहरु समस्यामा परेको बताएका छन् ।  

त्यस्ता होटल संचालकहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण अन्तराष्ट्रिय चेन होटलहरु नेपालबाट बाहिरिने अवस्थामा पुगेको बताएका हुन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एक उच्चस्तरीय बैठकमा अन्तर्राष्ट्रिय होटल चेनका प्रतिनिधिहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी सो विषयमा जानकारी गराएका हुन् ।  

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई समितिका सभापति देशबन्धु वस्नेत, नेपालमा संचालित चेन होटलहरुका प्रतिनिधि अनिरुद्ध कुमार लगायतको सहभागिता थियो ।  

छलफलमा उनीहरुले अन्तरराष्ट्रिय होटल ब्रान्डहरू सामान्यतया रोयल्टी वा टेक्नोलोजी ट्रान्सफर शुल्कमा सञ्चालन हुन्छ भने र उनीहरुको उक्त लागत फिटाले निर्धारण गरेको ५ प्रतिशतभन्दा धेरै माथि हुने बताएका थिए । अहिले फिटामा भएको नियामक व्यवस्था र होटल उद्योग मापदण्डहरूबीचको बेमेलले नेपालमा विदेशी चेन होटलहरु ल्याउन ठूलो समस्या सिर्जना गरेको सो क्रममा गुनासो गरेका थिए ।  

अहिले नेपालमा रहेका अन्तरराष्ट्रिय चेन होटलहरुको कार्यसम्पादन समीक्षा गरी शुरु भएको र ती होटलहरुले पर्यटन क्षेत्रमा पुर्याएको योगदान, आर्थिक प्रभाव र विभिन्न सान्दर्भिक मेट्रिक्सका बारेमा राज्यकोतर्फबाट उचित सहयोग हुनुपर्ने माग राखेका छन् ।  

फिटामा भएको रोयल्टी सम्बन्धी व्यवस्थाले धेरैं जसो विदेशी ब्राण्ड नेपालमा आउन कठिन रहेको भन्दै यदि उक्त व्यवस्था रहिरहे नेपालमा संचालित विदेशी चेन समेत बाहिरिने सम्म अवस्थामा पुग्ने उनीहरुको चिन्ता थियो ।  

छलफलमा समितिका सभापति वस्नेतले नेपालमा विदेशी पर्यटक भित्र्याएर सोही अनुरुप विदेशी मुद्रा आर्जन गर्नका निमित्त समेत अन्तरराष्ट्रिय चेनलाई नेपालमा सहज रुपमा आउने वातावरण बनाउनुपर्ने बताएका थिए ।

‘अहिलेको अवस्थामा नेपाली पर्यटन क्षेत्रको ब्राण्डिङ गर्ने भनेकै अन्तरराष्ट्रिय चेन होटलले हुने,’ वस्नेतले भने, ‘उनीहरुले आफ्ना देशका नागरिकलाई नेपालमा भ्रमणका लागि ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्छन तर, फिटामा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण भएका अन्तरराष्ट्रिय चेन समेत बाहिरिने अवस्थामा पुगेका छन् ।’

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.