आईतवार, आश्विन २०,२०८१ 02:57:40
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 02:57:40
IME remit
Global IME Bank Limited

म्युचुअल फण्डहरुको न्याभ बढ्यो, ९ फण्डको न्याभ ११ रुपैयाँमाथि

Hyundai Nepal
म्युचुअल फण्डहरुको न्याभ बढ्यो, ९ फण्डको न्याभ ११ रुपैयाँमाथि
Nabil Bank Limited

काठमाण्डौ । पुस महिनामा सञ्चालनमा रहेका सबै म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । ४२ म्युअुल फण्डले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार मंसिर महिनामा सबै फण्डको न्याभ वृद्धि भएको हो ।  

पछिल्लो केही समययता दोस्रो बजारमा सुधार देखिएसँगै म्युचुअल फण्डहरुको न्याभ वृद्धि हुन पुगेको हो । अधिकांश फण्डको न्याभ १० रुपैयाँमाथि छ । ८ फण्डको न्याभ भने ९ रुपैयाँमाथि छ ।  

Bizshala
Shivam Cement
CG Motors

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षामा सेयरबजार सुधार गर्ने खालको नीति ल्याएसँगै बजार एकाएक चम्किन थालेको थियो । लामो समयसम्म फण्डहरुको न्याभ १० रुपैयाँ वा सो भन्दा तल झरेको थियो । साथै अधिकांश फण्डले घाटा समेत व्यहोरेका थिए ।  

बजारमा आक्रामक सुधार देखिन थालेसँगै २–३ महिनायता फण्डहरुको न्याभ बढ्न पुगेको छ । साथै फण्डहरुले नाफा आर्जन गरी सूचीकृत सेयरमा लगानी समेत थप गरेका छन् ।  

पुस महिनामा ९ वटा म्युचुअल फण्डको न्याभ ११ रुपैयाँमाथि पुगेको छ, भने २५ फण्डको न्याभ १० रुपैयाँमाथि छ ।  

पुसमा सबैभन्दा बढी न्याभ एनएमबि क्यापिटलद्वारा सञ्चालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को न्याभ ११.४९ रुपैयाँ छ । फण्डले अघिल्लो महिनाको तुलनामा ५१ पैसाले न्याभ बढाएको हो । मंसिरमा सो फण्डको न्याभ १०.९८ रुपैयाँ थियो ।  

त्यस्तै, सानिमा इक्विटी फण्डको ११.४३ रुपैयाँ, सनराइज फर्स्ट म्युचुअल फण्डको ११.३७ रुपैयाँ, एनआइसी एशिया सेलेक्ट–३० को ११.२५ रुपैयाँ, कुमारी सुनौलो लगानी योजको ११.१९ रुपैयाँ, एनआईसी एशिया ग्रोथ फण्डको ११.१९ रुपैयाँ, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको ११.१३ रुपैयाँ, कुमारी धनबृद्धि योजनाको ११.०६ रुपैयाँ र सानिमा ग्रोथ फण्डको ११.०६ रुपैयाँ छ ।  

१० रुपैयाँ तल न्याभ हुने फण्डहरु  

पुस महिनामा ८ वटा म्युचुअल फण्डको न्याभ १० रुपैयाँभन्दा तल छ । सबैभन्दा थोरै मेगा म्युअुल फण्ड–१ को न्याभ ९.०७ रुपैयाँ छ । फण्डले मंसिरको तुलनामा भने ३५ पैसाले न्याभ बढाएको हो ।  

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डको ९.९७ रुपैयाँ, सनराईज ब्लुचिप फण्डको ९.९४ रुपैयाँ, एनआईबीएल प्रगति फण्डको ९.०८ रुपैयाँ, एनएमबी सरल बचत फण्ड–ई को ९.४६ रुपैयाँ, नबिल ब्यालेन्स्ड फण्ड–३ को ९.४३ रुपैयाँ, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको ९.३३ रुपैयाँ र एनआईबीएल समृद्धि फण्ड–२ को ९.२५ रुपैयाँ छ ।  

सर्वाधिक न्याभ बढाउने टप १० म्युअुअल फण्ड  

मंसिर महिनाको तुलनामा पुसमा सबै फण्डहरुको न्याभ बढेको छ । सबैभन्दा बढी न्याभ बढाउनेमा नबिल ब्यालेन्स्ड फण्ड–२ रहेको छ । फण्डले मंसिरको तुलनामा पुसमा १.२५ रुपैयाँ न्याभ बढाएको छ ।  

त्यस्तै, एनआईसी एशिया ग्रोथ फण्डको १.१० रुपैयाँ, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को ९८ पैसा, प्रभु स्मार्ट फण्डको ९० पैसा, सिटिजन म्युचुअल फण्ड–१ को ७६ पैसा, सिटिजन सुपर ३० को ७३ पैसा, प्रभु सेलेक्ट फण्डको ६६ पैसा, सानिमा ग्रोथ फण्डको ६५ पैसा, सिटिजन म्युचुअल फण्ड–२ को ५९ पैसा र नबिल फ्लेक्सी क्याप फण्डको ५८ पैसाले न्याभ बढेको छ ।

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.