काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेको सबै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् ।
जीवन बीमा समूह २.०५ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह १.२६ प्रतिशतले बृद्धि भएको छ । आज राष्ट्रिय बीमा कम्पनी बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीमा नेशनल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.९६ प्रतिशतले बढेर ६०९.८० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आइएमई लाइफको ३.१० प्रतिशत, सन नेपाल लाइफको २.९२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.७८ प्रतिशत, एशियन लाइफको २.४४ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.३१ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.१७ प्रतिशत, एलआइसी नेपालको २.०४ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको २ प्रतिशत, शिखर इन्स्योरेन्सको १.९६ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको १.९२ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै सानिमा रिलायन्स लाइफको १.८९ प्रतिशत, सिटिजन लाइफको १.८२ प्रतिशत, युनाइटेड अजोडको १.४० प्रतिशत, नेपाल लाइफको १.३३ प्रतिशत, रिलायबल नेपाल लाइफको १.३२ प्रतिशत, सानिमा जिआइसीको १.२४ प्रतिशत, हिमालयन लाइफको १.१९ प्रतिशत, सुर्यज्योति लाइफको १.१८ प्रतिशत, नेको इन्स्योरेन्सको १.१० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९२ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.६५ प्रतिशत, हिमालयन एभरेष्टको ०.४७ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.४५ प्रतिशतले सेयरभाउ बढेको छ । राष्ट्रिय बीमा कम्पनीको सेयरभाउ भने अघिल्लो कारोबार दिनको मूल्यमै कायम भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (18).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                