Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अरुण चौधरी पक्राउको एफएनसीसीआईद्वारा विरोध, लगानीकर्तामा नकारात्मक सन्देश जाने चिन्ता

Global IME Bank Limited
अरुण चौधरी पक्राउको एफएनसीसीआईद्वारा विरोध, लगानीकर्तामा नकारात्मक सन्देश जाने चिन्ता
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीको पक्राउको विरोध गरेको छ ।  

महासंघले केहीबेरअघि एक विज्ञप्ति जारी गर्दै पहिले सत्यतथ्य पत्ता लगाएर मात्र आवश्यक परे कानूनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

'मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउबारे नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यसै शिलसिला अन्तर्गत विहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।' महासंघले विज्ञप्तिमा भनेको छ-'महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ ।'  

साथै, केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गइरहेको र यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने भन्दै महासंघले चिन्ता समेत व्यक्त गरेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.