शुक्रबार, असार २०,२०८२ 11:19:29
  • शुक्रबार, असार २०,२०८२ 11:19:29
Global IME Bank Limited

पाँचौ प्रयासमा नेप्से २२५० विन्दुमाथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

Hyundai Nepal
पाँचौ प्रयासमा नेप्से २२५० विन्दुमाथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । कारोबारको अन्त्यमा नेप्से परिसूचक ५२ अंकले बढेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा नेप्से यस अघिको बलियो प्रतिरोध २२७८ विन्दु नजिक आज बन्द भएको छ । 

यो विन्दुमा बजार यसअघि ४ पटकको भन्दा बढी प्रतिरोध सामाना गरेको पाइन्छ । २५ महिनाभन्दा लामो समयदेखि साइडवेजमा चलेको नेप्से आज भने पाँचौ प्रयासमा २२५० विन्दुमाथि बन्द भएको छ । तर आजको इन्ट्राडेको हाई २२९० विन्दुमा रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा माथि लामो धागोसहितको क्याण्डल बनेको छ । यसले केही नाफा बुक पनि भएको मान्न सकिन्छ । आरएसआई पनि ओभर बट जोन ८० को तहमा पुगको छ ।  यस्तो आरएसआई बुलिस बजारमा लामो समय ओभर बट जोनमा नै रहन पनि सक्छ । म्याक्डीमा भने बजार बुलिस नै रहेको देखिन्छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा केही अल्पकालिन करेक्सनको सम्भावना रहन्छ । 

त्यो भनेको इन्ट्रा डे मात्रै पनि हुन सक्छ । पिभट् मार्फत आजको बजारलाई नियाल्दा पहिलो प्रतिरोध २२३२ विन्दुमा रहेको छ । जसलाई बजारले ब्रेक गरेर माथि लागेको छ । त्यसैगरि, दोस्रो प्रतिरोध २२६० र तेस्रो प्रतिरोध २३१६ विन्दुमा रहेको छ । त्यसैगरि, यदि बजार घटेमा क्रमशः २१७७, २१४८ र २०९३ विन्दसमा सपोर्ट लिन सक्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.