मंगलवार, असार १७,२०८२ 02:07:03
  • मंगलवार, असार १७,२०८२ 02:07:03
Global IME Bank Limited

युनिक नेपाल लघुवित्तको नाफा ११९.८२ % ले बढ्यो,अन्य सूचकको कस्तो छ अवस्था ?

Hyundai Nepal
युनिक नेपाल लघुवित्तको नाफा ११९.८२ % ले बढ्यो,अन्य सूचकको कस्तो छ अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मुनाफा आर्जनमा उल्लेख्य सुधार गरेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा ११९.८२ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिसम्म सस्थाको खुद मुनाफा ३ करोड ३२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाको  खुद मुनाफा १ करोड ५१ लाख रुपैयाँमा सीमित थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै समीक्षा अवधिसम्म कर्जा प्रवाहमा २.१९ प्रतिशतको कमी आएपनि संस्थाले निक्षेप संकलन भने १.६२ प्रतिशतले बढाउन सफल भएको देखिन्छ । संस्थाले २ अर्ब ५४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ ।  

वित्तीय संस्थाहरुको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । सस्थाले खुद ब्याज आम्दानी गत आवको तुलनामा ११.८३ प्रतिशतले खम्चिएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म १३ करोड ४० लाख खुद ब्याज आम्दानी गरेको संस्थाले चालु आवको समीक्षा अवधिसम्म भने ११ करोड ८१ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपात भने वृद्धि भएकोृ छ । अघिल्लो आवमा ७.३७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ९.९२ प्रतिशत पुगेको छ ।  

संस्थाको इम्प्येरमेन्ट चार्जमा भने उल्लेख्य कमी आएको छ । गत आवको तुलनामा इम्प्येरमेन्ट चार्ज ५३.७७ प्रतिशतले घटेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको चुक्तापूँजी १४ करोड ८५ लाख रुपैयाँ र रिजर्भमा १८ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी(ईपीएस) ४४.७३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४९.९५ गुणा र प्रतिसेयर नेटवर्थ ३२५.६४ रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.