Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

भूतप्रभावी करको प्रभाव: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

Hyundai Nepal
भूतप्रभावी करको प्रभाव: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडले आर्थिक वर्ष २०७९-८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।  

बैंकको माघ १९ गते शुक्रबार बिहान ९ः४५ बजे बसेको सञ्चालक समितिको ५९८ औं बैठकले यस्तो निर्णय गरेको हो । 

Shivam Cement
Sagarmatha Cement

एफपीओ र मर्जरमा सरकारले भूतप्रभावी कर असूल्दा नाफाको रुपमा कमाएको ठूलो रकम नेपाल इन्भेष्टमेन्ट मेगा लगायतका बैंकहरुले तिर्नुपरेको थियो । सरकारको भूतप्रभावी कर असूल्ने निर्णय र त्यसमा अदालतको समेत साथका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय स्वास्थ्यमा गम्भीर असर परेको थियो । यसकै प्रभावका कारण बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले २०७९-८० को लेखापरीक्षण भई प्राप्त वासलात, २०८० असार मसान्तसम्मको नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरी बैंकको ३७ औं साधारणसभामा स्वीकृतिको निमित्त प्रस्ताव पेश गर्न  नेपाल राष्ट्रबैंकको अनुमतिका लागि पेश गर्ने गरी वित्तीय विवरणहरु स्वीकृत समेत गरेको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.