शुक्रबार, बैशाख १२,२०८२ 10:31:21
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 10:31:21
IME remit
Global IME Bank Limited

विष्णु पौडेलकै कार्यकालमा बजार अल टाइम हाईमा पुग्ने दाबी, यस्ता छन् जानकारका आधारभूत र प्राविधिक आधार

Hyundai Nepal
विष्णु पौडेलकै कार्यकालमा बजार अल टाइम हाईमा पुग्ने दाबी, यस्ता छन् जानकारका आधारभूत र प्राविधिक आधार
Nabil Bank Limited

काठमाण्डौ । लामो समय पछि आज नेप्सेमा उच्च कारोबारसहित उछाल आएको छ । पूँजीबजारमा ३ वर्षपछि पुनः रौनक फर्किएको छ । ब्रोकर हाउस र क्लव हाउसमा लगानीकर्ताकर्ताहरुको भीड बढ्न थालेको छ । ब्रोकरहाउसहरुमा फेरी पुराना लगानीकर्ताहरु झुल्किन थालेका छन् । कोहि बस बेचेर त कोहि जग्गा नै बेचेरै भएपनि सेयर बजारमा फर्किएका लगानीकर्ता ब्रोकर हाउसहरुमा भेटिन्छन् ।  

यसअघि ४ पटक १८ सय देखि २२ सयको विन्दुसम्म साइड वेजमा चलेको बजार यसपटक भने यो विन्दुलाई ब्रेक गरेर माथि लागेको छ । यसै विषयलाई लिएर आज हामीले बजारका केही आधारभूत तथा प्राविधिक विश्लेषकहरुलाई बजारको पछिल्लो अवस्थाको विषयमा जिज्ञासा राखेका छौं ।  

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार यो अवस्था अचानक नआएको बताउँछन् । उनी भन्छन्, ‘पहिले लागनीकर्ताहरुको मास साइकोलोजि निकै कमजोर थियो । अहिले त्यो अन्यौलता हटेको छ । अब बजारले फेरी नयाँ उचाइ चुम्छ ।’ रौनियारले बजारले नयाँ उचाइ चुम्ने केही आधारहरु पनि पेश गरेका छन् । ‘अहिलेको बजारमा ३२ सयको विन्दुसम्म पुगरे अल टाइम हाइ हुँदा पनि सरकारमा अहिलेकै ३ जना व्यक्ति प्रधानमन्त्री , अर्थमन्त्री र गभर्नर थिए । अहिले पनि त्यही अबस्था बनेको कारण अब फेरी बजारले अल टाइम हाई ब्रेक गर्छ  ।’ रौनियारले भने, ‘यो कुनै अनौठौ होइन । किनकी हाम्रो भन्दा खराब अर्थतन्त्र भएका श्रीलंका र पाकिस्तानमा बजारले नयाँ रेकर्ड बनाएको छ ।’  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

रौनियारका अनुसार अहिले सबै वित्तिय सूचक सकरात्मक रहेका छन् । बैंकहरुमा १७ खर्व तरलता रहेको र १३ बिलियन डलरमूल्य बरारको विदेशी मुद्रा सञ्चिती रहेकाले नेपालको अर्थतन्त्र स्वस्थ रहेको रौनियारको ठम्याई छ । ‘हरेक महिना एक बिलियन डलर विदेशी मुद्रा रेमिट्यान्स आउँछ । राजश्व बढेको छ । त्यस कारण यहि अर्थमन्त्रीको समयमा बजार अल टाइम हाईमा पग्छ । मर्निङ सोज द डे भने जस्तै अब लगानीकर्ताहरुको खराब दिन सकिए, उनले भने ।    

अर्का बजार जानकार तथा प्राविधिक विश्लेषक अजय सिंह थापा( जय शम्भु )प्राविधिक रुपमा ३–४ वटा कारणले बजार बुलिस रहेको दाबी गर्छन । थापा भन्छन्, ‘पहिलो कारण भनेको बजार न्यून विन्दुबाट २० प्रतिशत बढ्यो । दोस्रो भनेको बजार २०० दिनको औषत मूल्य भन्दा माथि लाग्यो । त्यसैगरि इलिअट वेभबाट नियाल्दा पनि बजारमा थर्ड वेभ चलेको देखिन्छ । यो वेभ भनेको आँफैमा ठूलो र्याली हो ।’ बजारमा सामान्य करेक्सन आएता पनि अब आउने कम्पनीहरुको रिपोर्टले नप्से २५८० विन्दुभन्दा माथि नै पुग्नेमा थापा ढुक्क देखिए ।  

अर्का बजार जानकार तथा प्राविधिक विश्लेषक सुवास चन्द्र ढङ्गाना पनि बजारले पछिल्लोपटक १९५८ विन्दुमा बलियो सपोर्ट बनाउनु , ५० दिने र २०० दिने मूभिङ एभरेजमा क्रस आउनु तथा आज २३५० माथि टिकेर कन्फर्मेसन दिनुले बजार अब बुलिस नै भएको मान्न सकिने बताउँछन् । ‘बजार बुलिसमा रहेको तथ्यलाई अब बिहीबारको कारोबराले पनि थप पुष्टि गर्नेछ । बजार विगतमा ठूलो कारोबार पछि घट्ने बजार अहिले झनै बढ्नुले नेप्से अब बुल यात्रामा नै रहेको मान्न सकिन्छ,’ उनले भने, ‘यदि आगामी दिनमा करेक्नस भएता पनि बजार २२६० विन्दुभन्दा माथि नै टिक्ने उनको विचार रहेको छ ।’  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.