आईतवार, असार २२,२०८२ 04:41:58
  • आईतवार, असार २२,२०८२ 04:41:58
Global IME Bank Limited

बुलिस ट्रेण्डको करामत: १३ दिनमै लगानीकर्ताको सम्पत्तिमा ५ खर्बको बढोत्तरी

Hyundai Nepal
बुलिस ट्रेण्डको करामत: १३ दिनमै लगानीकर्ताको सम्पत्तिमा ५ खर्बको बढोत्तरी
Nabil Bank Limited

काठमाण्डौ । जब सेयर बजारमा बुलिस ट्रेण्ड सुरु हुन्छ, लगानीकर्ताहरुले सेयरमा खन्याएको सम्पत्ति समेत रकेटको गतिमा बढ्न थाल्छ । नेपाली सेयर बजारमा कांग्रेस एमाले गठबन्धनको सरकार बन्ने निश्चित भएदेखि नै सुरु भएको बुलिस यात्रा तीव्र गतिमा बढिरहेको छ । फलस्वरुप लगानीकर्ताको सम्पत्ति समेत रकेटमा गतिमा बढ्न थालेको छ ।  

नेप्से परिसूचक विगतमा ४ दिनको अवधिमा तीन दिन उछालको गतिमा दौडिएको छ । एकदिन सामान्य करेक्सन आएको बजारमा पछिल्लो दुई दिनले त उत्साह नै जगाइदिएको छ । पछिल्लो दुई दिन मंगलबार र बुधबार मात्रै नेप्से परिसूचक क्रमशः ७० र ५४ अंकले बढेको छ । कारोबार रकम पनि क्रमशः ९ अर्ब माथि र १२ अर्ब माथि पुगेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

यसरी तीव्र गतिमा दौडिएको परिसूचकसँगै टर्नओभर समेत उसैगरी बढ्दा लगानीकर्ताको सम्पत्ति हेर्दा हेर्दै रकेटको गतिमा बढ्न थालेको छ ।  

सोमबार बजार बन्द हुँदा कुल बजार पूँजीकरण ३५ खर्ब ५३ अर्ब रुपैयाँ थियो । मंगलबार एकैदिन पूँजीकरण बढेर ३६ खर्ब ६६ अर्ब पुग्यो । बुधबार अझ बढेर ३७ खर्ब ५१ अर्ब पुग्यो ।  

यसरी हेर्दा सोमबारको तुलनामा मंगलबार लगानीकर्ताहरुको सम्पत्ति एकैदिन १ खर्ब १३ अर्बले बढेको छ । यो क्रमले बुधबार अझ तीव्र पायो । मंगलबारको तुलनामा बुधबार सेयर लगानीकर्ताको सम्पत्ति एकैदिन ८५ अर्बले बढ्न पुग्यो ।  

जुलाई महिनाभर बजार बुधबार समेत जोडी कुल १३ दिन खुलेको छ । १३ दिनअघि अर्थात जुलाई १ मा बजार बन्द हुँदा नेप्सेको कुल पूँजीकरण ३२ खर्ब ५६ अर्ब रुपैयाँ थियो । यसरी १३ कारोबार दिनको अन्तरमा कुल बजार पूँजीकरण झण्डै ५ खर्बले बढेको देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.