Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेष्डो समृद्ध लघुवित्तद्वारा दुई सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी

Global IME Bank Limited
नेष्डो समृद्ध लघुवित्तद्वारा दुई सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले दुई सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ ।  

संस्थाको रामपुर शाखा कार्यालयद्वारा गठित लिमिजुली व्यवसायिक केन्द्र नं. १८ र अमरापुरी शाखा कार्यालयद्वारा गठित शान्ति समृद्ध व्यवसायिक केन्द्र नं. १८ का सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरिएको संस्थाले जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाका अनुसार मिलिजुली व्यवसायिक केन्द्रकी सदस्य तारा सार्की र शान्ति समृद्ध व्यवसायिक केन्द्रकी बाल कुमारी कंडेलको असामायिक निधन भएकाले निज सदस्यहरुको कर्जा मिनाहा गरी परिवारलाई क्रिया खर्च समेत प्रदान गरिएको छ ।  

स्व.सदस्य तारा सार्कीले भैंसी पालनका लागि लिएको कर्जा ३ लाख रुपैयाँ मध्ये संस्थामा तिर्न बाँकी रहेको कर्जा १ लाख ७९ हजार २४३ रुपैयाँ मिनाहा गरिएको संस्थाले जनाएको छ ।  

साथै निज सदस्यले संस्थामा तिरिसकेको १ लाख २० हजार ७५७ रुपैयाँ कर्जा, कृया खर्च बापत ३० हजार रुपैयाँ र स्वयं सदस्यले जम्मा गरेको बचत रकम ८२ हजार ९८९ रुपैयाँ गरी कुल २ लाख ३३ हजार ७४६ रुपैयाँ बराबरको चेक हकवाला तथा सदस्यको छोरा रामबहादुर सार्कीलाई हस्तान्तरण गरिएको रामपुर शाखा कार्यालय प्रमुख मञ्जु विकले बताईन् ।  

साथै विकका अनुसार सोही केन्द्रकी अर्का सदस्य याम माया थापाको पनि निधन भएकाले निजको परिवारलाई किरिया खर्च तथा बचत रकम भुक्तानी गरिएको छ । निजले जम्मा गरेको बचत रकम सहित कृया खर्च सुविधा ३९ हजार ७०९ रुपैयाँ बराबरको चेक उनकी छोरी दुर्गा थापालाई हस्तान्तरण गरिएको छ ।  

त्यस्तै, संस्थाले शान्ति समृद्ध व्यवसायिक केन्द्रकी सदस्य बाल कुमारी कंडेलको पनि कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ । निज सदस्यको सवारी दुर्घटनामा परि मृत्यु भएको अमरापुरी शाखा प्रमुख बुद्ध बहादुर घिमिरेले बताए ।  

स्व। सदस्य कंडेलले २०७९ चैत २० गते संस्थाबाट भैंसी पालनका लागि २ लाख ३० हजार रुपैयाँ कर्जा लिएकी थिइन् । जसमध्ये उनले ८३ हजार ३३१ रुपैयाँ कर्जा तिरिसकेकी थिइन् ।  

साँवा र ब्याज गरी १ लाख ५१ हजार ३३९ रुपैयाँ तिर्न बाँकी रहेकोमा सो रकम मिनाहा गरेको शाखा प्रमुख घिमिरेले बताए । घिमिरेका अनुसार कंडेललाई कर्जाको बीमा योजना अन्तर्गत रहि बीमा वापतको रकम समेत भुक्तानी गरिएको छ ।  

बीमा योजना अन्र्तगत कर्जाको दोब्बर रकम ४ लाख ६० हजार रुपैयाँ भुक्तानी हुनुपर्नेमा सोही रकमबाट तिर्नुपर्ने बाँकी कर्जा मिनाहा ९कटौती०गरी बाँकी बीमा वापतको रकम ३ लाख ८ हजार ६६१ रुपैयाँमा कृया खर्च बातप २३ हजार रुपैयाँ र बचत रकम ५९ हजार ३४६ रुपैयाँ गरी जम्मा ३ लाख ९१ हजार ७ रुपैयाँको चेक निज सदस्यको हकवाला श्रीमान सुर्य प्रसाद कंडेललाई हस्तान्तरण गरिएको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.