बुधबार, असार ३२,२०८२ 01:55:31
  • बुधबार, असार ३२,२०८२ 01:55:31
Global IME Bank Limited

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

Hyundai Nepal
द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन
Shivam Cement

काठमाण्डौ । द्वारिकाज ग्रुप अफ होटल एण्ड रिसोर्टकी सञ्चालक तथा अध्यक्ष अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारको क्रममा ९१ वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो ।  

चार वर्षअघि क्यान्सर मुक्त भएकि श्रेष्ठ विगत २ महिनादेखि निमोनियाको समस्याबाट ग्रसित थिइन् । उनको दाहसंस्कार भोली पशुपति आर्यघाटमा  गरिने परिवारले जनाएको छ । उनका दुई छोरी छन् । श्रीमान् र छोराको भने निधन भइसकेको छ । भारतको सिक्किममा जन्मिएकी अम्बिकाले नेपालका व्यापारी द्वारिकादास श्रेष्ठसँग विवाह गरेकि थिइन् । श्रीमान‍्को मृत्युपछि उनी द्वारिकाज होटलको अध्यक्ष भएकी थिइन्।

श्रेष्ठ ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल(टान)को संस्थापक अध्यक्ष समेत हुन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.