मंगलवार, असार १७,२०८२ 02:07:02
  • मंगलवार, असार १७,२०८२ 02:07:02
Global IME Bank Limited

कालंगा हाईड्रोले आईपीओ जारी गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

Hyundai Nepal
कालंगा हाईड्रोले आईपीओ जारी गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ४९ करोड रुपैयाँबराबरको रु. १०० अंकितदरका ४९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले उक्त साधारण सेयरमध्ये ३४ करोड ९० लाख रुपैयाँबराबरको ३४ लाख ९० हजार कित्ता साधारण सेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटललाई नियुक्त गरेको छ ।  

बिहिबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।  

कालंगा हाईड्रोको रजिष्टर्ड कार्यालयमा आयोजित समारोहबीच ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले सेयर प्रत्याभुति गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

ज्योतिविकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.