बिहीबार, असार ५,२०८२ 06:00:48
  • बिहीबार, असार ५,२०८२ 06:00:48
Global IME Bank Limited

तेह्रथुम पावरको नाफामा ८९५.९१% को उछाल, अन्य वित्तीय सूचकको कस्तो छ अवस्था ?

Hyundai Nepal
तेह्रथुम  पावरको नाफामा ८९५.९१% को उछाल, अन्य वित्तीय सूचकको कस्तो छ अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ८७५.७१ प्रतिशतले वृद्धि भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले समीक्षा अवधिसम्म ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको खुद नाफा  ६ लाख ६२ हजार रुपैयाँमा सीमित थियो ।  

त्यस्तै कम्पनीको सञ्चालन नाफा समेत वृद्धि भएको छ । कम्पनीको सञ्चालन नाफा १२.४९ प्रतिशतले बढ्दै ५ करोड ९४ लाख रुपैयाँ पुगको छ ।  

कम्पनीले विद्यु्त बिक्रीबाट हुने आम्दानी समेत बढाएको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८.८५ प्रतिशतले बढेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म ८ करोड २७ लाख रुपैयाँ विद्युत बिक्रीबाट कमाएको कम्पनीले ९ करोड १ लाख कमाउन सफल भएको छ ।  

यद्यपी कम्पनीको रिजर्भ भने १३ करोड ८९ लाख रुपैयाँले ऋणात्मक देखिएको छ । कम्पनीले दिर्घकालिन ऋण दायित्व ९६ करोड ८१ लाख रुपैयाँ र अल्पकालिन ऋण १ करोड रुपैयाँ छ ।  

यस अवधिसम्म कम्पनीको प्रशासनिक खर्चमा सामान्य वृद्धि भएको छ । अघिल्लो आवसम्म १८ लाख १८ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक खर्च बढेर १८ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर मूल्य(ईपीएस) ३.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६०३.९० रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.