बिहीबार, बैशाख ३१,२०८३ 08:10:15
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 08:10:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सन नेपाल लाइफको नाफा ७.२२% ले घट्यो,बीमाशुल्क आर्जनमा पनि ९.४३% को कमी

Laxmi Sunrise Bank Limited
सन नेपाल लाइफको नाफा ७.२२% ले घट्यो,बीमाशुल्क आर्जनमा पनि ९.४३% को कमी
Shivam Cement

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। 

यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९.४३ प्रतिशतले कम हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ९६ करोड  ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

Bizshala
New Office
CG Motors

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ४३ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम २५ करोड २५ लाख रुपैयाँमा सीमित थियो।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५४ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३७ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा घटेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ३२ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ७.२२ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ३५ करोड ३९ लाख ९७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको कुल खर्च १ अर्ब ७१ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च १ अर्ब ५० करोड करोड ३ लाख रुपैयाँ थियो।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।  

समीक्षा अवधिसम्म कम्पनीले १ लाख ३० हजार २०४ वटा पोलिसी जारी गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले २ लाख ४५ हजार ७५१ वटा पोलिसी जारी गरेको थियो ।  

कम्पनीको प्रतिसेयर आम्दानी २०.५२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८९.०४ रुपैयाँ,पिई अनुपात २८.०९ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९९.८१ रुपैयाँ कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.