काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने बाँकी समूह राताम्य भएका छन् ।
बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०१ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले घटेको छ । आज १० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.६४ प्रतिशतले बढेर ६६१.२० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल रि इन्स्योरेन्सको २.३६ प्रतिशत, रिलायबल नेपाल लाइफको २.२२ प्रतिशत, आरबीसीएलको १.९० प्रतिशत, सन नेपाल लाइफको १.४५ प्रतिशत, नेपाल लाइफको १.४२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३२ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.१४ प्रतिशत, एलआइसी नेपालको ०.१३ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.१३ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने हिमालयन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.६१ प्रतिशतले घटेर ४२१.१० रुपैयाँ कायम भएको छ ।
यसका साथै एशियन लाइफको १.४६ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.३५ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको १.०८ प्रतिशत, हिमालयन एभरेष्टको १.०७ प्रतिशत, सिटिजन लाइफको १.०३ प्रतिशत, नेशनल लाइफको १.०१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९९ प्रतिशत, सुर्यज्योति लाइफको ०.७८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५८ प्रतिशत, युनाइटेड अजोडको ०.४३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४१ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.२३ प्रतिशत, आइएमई लाइफको ०.०६ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०१ प्रतिशतले घटेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको आज एकैदिन ३६ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (24).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                