बुधबार, असार १८,२०८२ 06:51:59
  • बुधबार, असार १८,२०८२ 06:51:59
Global IME Bank Limited

एनआईएमबी बैंकको सेयर स्ट्रङ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
एनआईएमबी बैंकको सेयर स्ट्रङ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(एनआईएमबी) नेपालका २० वटा वाणिज्य बैंकहरु मध्य एक हो । यो बैंक नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एक आपासमा मर्ज भएर बनेको बैंक हो । नेपाल इन्भेष्टमेन्ट बैंक सन् १९८६ मा स्थापित बैंक हो भने मेगा बैंक भने सन् २०१० मा स्थापित बैंक हो । यी दुवै बैंकले विस २०७९ पुस २७ गतेदेखि एकिकृत कारोबारको थालनी गरेका थिए ।  

आधाभूत पक्षः  

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चूक्तापूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङ ५ अर्ब ८१ करोडले नकरात्मक रहेको छ । त्यसैगरि, कम्पनीको जगेडा कोषमा २९ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । कम्पनीको कूल पूँजी ५८ अर्ब ९० करोड रुपैयाँ रहेको छ । खूद मूनाफा ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ रहेको छ कम्पनीको रिर्टन अन इक्विटी ७.४२ प्रतिशत रहेको छ भने कम्पनीको खराब कर्जा अनुपात ४.६६ प्रतिशत रहेको छ । कम्पनीको बुक भ्यालु १७२ रुपैंयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटर

यो कम्पनी हाल ८५ को तहमा  स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताको अधिक आकर्षण रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता २२० र न्यून मूल्य प्रतिकित्ता १४८ रुपैयाँ रहेको छ । आज यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता २१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीमा ७९.४५ प्रतिशत संस्थापक समूह र २०.५५ प्रतिशत सेयर सर्वसाधारणको स्वामित्व रहेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी तथा आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ केही समयदेखि अपर ब्याण्डमा चलको देखिन्छ । आज अपर ब्याण्डमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले कम्पनीको मूल्यमा सम्भावित रिभर्सलको संकेत गर्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएस ओभर बट जोन ८८ को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यस कम्पनीमा आज केही नाफा बुक चलेको देखिन्छ ।  

पिभट् विश्लेषण

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधारमानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२३४

प्रतिरोध २ –२१७

प्रतिरोध १– २०८

पिभट प्वइन्टः १९०

घटेमा सपोर्ट  

सपोर्ट १– १८१

सपोर्ट २– १६३

सपोर्ट  ३ –१५४

निष्कर्षः  आधारभूत रुपमा यो कम्पनीलाई नियाल्दा पछिल्ला वर्षहरुमा कम्पनीको बुक भ्यालु , प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी बढेको देखिन्छ । यससँगै बैंकको खराब कर्जा अनुपात पनि १८.२७ प्रतिशतले बढेको छ ।  

प्राविधिक रुपमा यो कम्पनीको सेयरभाउ फियर एण्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यद्यपी आज बोलिङ्गरको अपर ब्याण्डमा वियरिस प्रकृतिको ह्याम्मर क्याण्डल बनेको छ । त्यसै गरि आरएसआईमा ओभर बट जोनमा पुगेको छ । यसकारण प्राविधिक रुपमा भने यो कम्पनीमा केही अल्पकालिन करेक्सन आउन सक्ने देखिन्छ  । दीर्घकालमा भने कम्पनीको सेयर मूल्य बढ्न सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.