Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि सहित ३ को सर्वाधिक कारोबार

Global IME Bank Limited
१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि सहित ३ को सर्वाधिक कारोबार
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१ बिन्दुमा झरेको छ ।  

नेप्सेमा सूचीकृत ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेमा रहेका १३ समूहमध्ये ४ समूहमा हरियाली छाएको छ भने ९ समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटा समूहमध्ये जीवन बीमा इन्डेक्स ०.५४ प्रतिशतले घटेको छ, भने निर्जीवन बीमा उपसमूह ०.५१ प्रशितले बृद्धि भएको छ ।  

आज सर्वाधिक कमाउने बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ आज एकैदिन २.९३ प्रतिशत अर्थात ४०८.९० रुपैयाँ बढेर १४ हजार ३६४ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, प्रभु इन्स्योरेन्सको २.४८ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.८२ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको १.३५ प्रतिशत, सिटिजन लाइफको १.०९ प्रतिशत, एनएलजीको ०.९९ प्रतिशत, एशियन लाइफको ०.८७ प्रतिशत, युनाइटेड अजोडको ०.५२ प्रतिशत, एलआइसी नेपालको ०.२२ प्रतिशत र आइएमई लाइफको ०.०४ प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरभाउ १।९३ प्रतिशतले घटेर ५६० रुपैयाँ कायम भएको छ ।  

यसका साथै नेपाल रि इन्स्योरेन्सको १.८९ प्रतिशत, सुर्यज्योति लाइफको १.७३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.७० प्रतिशत, हिमालयन एभरेष्टको १.५४ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.३२ प्रतिशत, सलिकोको १.१७ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१४ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.०१ प्रतिशत, नेपाल लाइफको ०.९४ प्रतिशत, हिमालयन लाइफको ०.७३ प्रतिशत, नेपाल इन्स्योरेन्सको, सन नेपाल लाइफको ०.५३ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.४२ प्रतिशत, नेशनल लाइफको ०.३५ प्रतिशत र नेको इन्स्योरेन्सको ०.२५ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीहरुको सूचीमां तीन बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि को ३३ करोड ५८ लाख, एशियन लाइफको १२ करोड ९८ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ५ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.