मंगलवार, असार १७,२०८२ 02:17:02
  • मंगलवार, असार १७,२०८२ 02:17:02
Global IME Bank Limited

रुरु जलबिद्युतले आर्जन गर्‍यो ५.८९ करोड खुद नाफा,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

Hyundai Nepal
रुरु जलबिद्युतले आर्जन गर्‍यो ५.८९ करोड खुद नाफा,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । रुरु जलबिद्युत कम्पनी परियोजना लिमिटेडको नाफा १.११ प्रतिशतले घटेको छ । 

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले  ५ करोड ८९ लाख बढी खुद नाफा कमाउन सफल भएको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ५ करोड ९६ लाख रुपैयाँ थियो ।  

 

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको आम्दानीमा ०.१८ प्रतिशतको गिरावट आएको छ । यससँगै कम्पनीको आम्दानी ९ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।  

कम्पनीको प्रशासनिक खर्च ३७ लाख १० हजार रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिर्जभको आकार ४६.४९ प्रतिशतले बढ्दै २२ करोड ३ लाख पुगेको छ । कम्पनीले विद्युत प्राधिकरणसँग भएको सम्झौता अनुरुप २०७८ चैत मसान्तसम्म प्राप्त गर्नुपर्ने सूचीकृतदर अन्तर्गतको अतिरिक्त २० प्रतिशत हुन आउने ७ करोड ५९ लाख रुपैयाँ प्राधिकरणसँ लिन बाँकी रहेको जनाएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको)२३.९० रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४४.६७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७१.६७ रुपैयाँ,मूल्य आम्दानी अनुपात २०.७८ गुणा र तरलता अनुपात ३.३९ प्रतिशत कायम भएको छ ।      

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.