बिहीबार, असार १२,२०८२ 11:42:19
  • बिहीबार, असार १२,२०८२ 11:42:19
Global IME Bank Limited

बिजशाला सर्वेक्षण–२: अधिकांश लगानीकर्ता ठान्छन्–‘यो बुलको नेतृत्व बैंकिङ र हाइड्रोले गर्छ’

Hyundai Nepal
बिजशाला सर्वेक्षण–२: अधिकांश लगानीकर्ता ठान्छन्–‘यो बुलको नेतृत्व बैंकिङ र हाइड्रोले गर्छ’
Nabil Bank Limited

काठमाण्डौ । नेपालको सेयर बजारमा जारी बुल बैंकिङ र हाइड्रो समूहले नेतृत्व गर्ने विषयमा अधिकांश लगानीकर्ता विश्वस्त देखिएका छन् ।  

बिजशालाले सोमबार साँझ गुगलमार्फत गरेको एक सर्वेक्षणमा सहभागी लगानीकर्तामध्ये धेरैले बैंकिङ र हाइड्रो समूहलाई बुलको नेतृत्व गर्ने समूहको रुपमा प्रस्तुत गरेका हुन् ।

CG Motors
Muktinath Bikas Bank Limited
Sector%
Banking44.57
Hydro21.44
Insurance7.22
Micro-Finance6.50
Finance4.81
Development Bank3.13
Manufacturing3.13
Others3.37
Investment1.92
Hotel&Tourism1.20
Trading0.24
All0.722
No Idea1.68

बिजशालाले ५ वटा प्रश्न राखेर गुगल फर्ममार्फत सर्वेक्षण आह्वान गरेको थियो । लगानीकर्ताको मनोविज्ञान जान्ने उद्देश्यले गरिएको सर्वेक्षणमा छोटो समयमै ८ हजार ११३ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये ४४.५७ प्रतिशतले बैंकिङले यो बुललाई नेतृत्व गर्ने मत जाहेर गरेका हुन् ।  

‘यो बुल कुन सेक्टर लिड गर्छ जस्तो लाग्छ ?’ भनी सोधिएकोमा २१.४४ प्रतिशत लगानीकर्ताले भने हाइड्रो समूहले बुलको नेतृत्वको गर्ने दाबी पेश गरेका छन् ।  

इन्स्योरेन्स सेक्टर(लाइफ र नन्लाइफ)ले बुलको नेतृत्व गर्ने पक्षमा ७.२२ प्रतिशत, माइक्रोफाइनान्सको पक्षमा ६.५० प्रतिशत, फाइनान्सको पक्षमा ४.८१ प्रतिशत, विकास बैंकको पक्षमा ३.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको पक्षमा पनि ३.१४ प्रतिशत मत खसेको छ ।  

अन्य समूहले बुलको नेतृत्व गर्छ भन्ने लगानीकर्ता ३.३७ प्रतिशत देखिएका छन् भने होटल र टुरिजम समूहको पक्षमा १.२० प्रतिशत, इन्भेष्टमेन्ट समूहको पक्षमा १.९२ प्रतिशत, ट्रेडिङको पक्षमा ०.२४ प्रतिशत मत खसेको छ ।  

सर्वेक्षणमा सहभागीमध्ये ०.७२२ प्रतिशतले सबै सेक्टरले यो पटकको बुलको नेतृत्व गर्ने मत प्रकट गरेका छन् । १.६८ प्रतिशत लगानीकर्ताले भने कुनै अनुमान लगाउन सकेनन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.