बिहीबार, भाद्र १२,२०८२ 07:05:13
  • बिहीबार, भाद्र १२,२०८२ 07:05:13
Global IME Bank Limited

ङादी ग्रुप पावरको नाफा ३५.६५% ले बढ्यो, विद्युत बिक्री मार्फत ८.१३ करोड आर्जन

Hyundai Nepal
ङादी ग्रुप पावरको नाफा ३५.६५% ले बढ्यो, विद्युत बिक्री मार्फत ८.१३ करोड आर्जन
Shivam Cement

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३५.६५ प्रतिशतले बढेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म भने कम्पनीको खुद नाफा २ करोड ४५ लाख रुपैयाँमा सीमित थियो ।  

यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्री मार्फत ८ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले  विद्युत बिक्रीबाट ८ करोड ४ लाख रुपैयाँ कमाएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफामा  १.९१ प्रतिशतको वृद्धि देखिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.५९ रुपैयाँ,  प्रतिशेयर नेटवर्थ १६०.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७५.८५ गुणा कायम भएको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ जगेडा कोष १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ रहेको छ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.