बिहीबार, बैशाख ३१,२०८३ 06:55:41
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:55:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जुलाईमा यो वर्षकै कम पर्यटक नेपाल भित्रिए

Laxmi Sunrise Bank Limited
जुलाईमा यो वर्षकै कम पर्यटक नेपाल भित्रिए
Shivam Cement

काठमाण्डौ । नेपालमा जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जुलाईमा यो वर्षकै सबैभन्दा कम पर्यटक नेपाल आएका हुन् ।

यस्तै यो संख्या कोरोना भाइरस महामारी आउनु अघिको वर्ष अर्थात् २०१९ को तुलनामा समेत कम हो । सन् २०१९ को जुलाई महिनामा ७० हजार ९१६ पर्यटक नेपाल आएका थिए ।  

Bizshala
New Office
CG Motors

यो वर्षको जुलाईमा नेपाल आएका पर्यटकको संख्या सन् २०२३ को तुलनामा भने बढी हो । सन् २०२३ को जुलाईमा ५७ हजार ७२६ पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार जुलाई महिनासम्म कुल ६ लाख ४७ हजार ६१५ पर्यटक नेपाल भित्रिएका छन् । जुलाईमा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यो महिना २१ हजार ४९१ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै अमेरिकाबाट ८ हजार ८६ पर्यटक नेपाल आएका छन् । चीनबाट भने जुलाई महिनामा ६ हजार ८१९ र बंगलादेशबाट ३ हजार ४७० जना पर्यटकको नेपाल आगमन भएको छ ।  

यो वर्षको जनवरी महिनामा ७९ हजार १ सय,फेब्रुअरीमा ९७ हजार ४२६,मार्च महिनामा १ लाख २८ हजार १६७, जुन महिनामा ७६ हजार ७३६ र अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना पर्यटक नेपाल आएका थिए ।     

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.