Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेको इन्स्योरेन्ससहित ९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, लाभांश घोषणा गरेको सिद्धार्थ प्रिमियरका सेयरधनीले सर्वाधिक गुमाए

Global IME Bank Limited
नेको इन्स्योरेन्ससहित ९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, लाभांश घोषणा गरेको सिद्धार्थ प्रिमियरका सेयरधनीले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १४.५७ अंकले बढेर २हजार ०७६ को विन्दु कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज चार समूह राताम्य भएका छन् भने बाँकी सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१८ प्रतिशतले वृद्धि भएको छ भने निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले घटेको छ ।  

आज सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्ने बीमा कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.६८ प्रतिशतले बढेर ८३९ रुपैयाँ ९० पैसा पुगेको छ ।  

त्यस्तै, सुर्यज्योति लाइफको २.३१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.५३ प्रतिशत, एलआईसी नेपालको ०.८७ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.७७ प्रतिशत, नेपाल लाइफको ०.५७ प्रतिशत, आइएमई लाइफको ०.४७ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.४० प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.३७ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२२ प्रतिशतले सेयरभाउ बढेको छ । त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.९० प्रतिशतले घटेर ६९६ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, प्रभु इन्स्योरेन्सको १.३३ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको १.३० प्रतिशत, सिटिजन लाइफको १.१९ प्रतिशत, एशियन लाइफको १.०१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९५ प्रतिशत, सन नेपाल लाइफको ०.८५ प्रतिशत, नेशनल लाइफको ०.८२ प्रतिशत, सलिकोको ०.७४ प्रतिशत, सानिमा जिआईसीको ०.५७ प्रतिशत, हिमालयन एभरेष्टको ०.३३ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.३१ प्रतिशत र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.१८ प्रतिशतले घटेको छ ।  

बीमा कम्पनीमा आज सर्वाधिक हिमालयन रि इन्स्योरेन्सको १८ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.