Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सेयरबजारमा हिमालयन लाइफको साढे १ अर्ब लगानी, कम्पनीको रोजाईमा कमर्सियल बैंक

Global IME Bank Limited
सेयरबजारमा हिमालयन लाइफको साढे १ अर्ब लगानी, कम्पनीको रोजाईमा कमर्सियल बैंक
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सूचीकृत सेयर अर्थात सेयरबजारमा कुल १ अर्ब ५८ करोड ४६ लाख ८२ हजार रुपैयाँ लगानी गरेको छ ।  

कम्पनीको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ३६ सूचीकृत कम्पनी तथा १३ सामूहिक लगानी योजना (म्युचुअल फण्ड) हरुमा साढे १ अर्ब लगानी गरेको हो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले वाणिज्य बैंकहरुको सेयरमा सर्वाधिक लगानी गरेको छ । साविकका बैंकहरुसहित कम्पनीले उक्त आर्थिक वर्षमा २१ वटा वाणिज्य बैंकको सेयरमा लगानी गरेको छ । त्यस्तै, ६ वटा वित्तीय संस्था, तीन हाइड्रोपावर कम्पनी, ६ इन्स्योरेन्स तथा होटल वा उत्पादन तथा प्रशोधन र अन्य कम्पनी छन् ।  

त्यस्तै, कम्पनीले यता १३ वटा म्युचुअल फण्डहरुमा लगानी गरेको छ ।  

कम्पनीले साविकका बैंकसहित २१ वटा वाणिज्य बैंकको सेयरमा कुल ९७ करोड १७ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ । साथै ६ वटा वित्तीय संस्थाको सेयरमा कुल ८८ लाख ३० हजार, तीन हाइड्रोपावरको सेयरमा ६ करोड १५ लाख ९९ हजार, अन्य कम्पनीको सेयरमा ४१ करोड ४७ लाख ६३ हजार रुपैयाँ र १३ म्युचुअल फण्डमा ११ करोड ८१ लाख २४ हजार रुपैयाँ लगानी गरेको छ ।  

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीको सेयरमध्ये हिमालयन लाइफले अधिकांश वाणिज्य बैंकहरुको सेयरमा लगानी गरेको देखिएको छ ।  

सेयरबजारमा लगानी गर्दा जोखिम कम हुने र प्रतिफल पाउने सम्भावना समेत बढी हुने भएकाले कमर्सियल बैंकहरु लगानीका लागि उचित हुने कम्पनीले जनाएको छ । अन्य कम्पनीको तुलनामा सेयरभाउ समेत ह्वात्तै घटबढ नहुने र दीर्घकालिन लगानीका लागि समेत उचित हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण बताउँछन् ।  

आगामी वर्षहरुमा सूचीकृत कम्पनीको सेयरमा लगानीको दायरा बढाउँदै लैजाने उनले बताए । ‘सेयरबजार विश्लेषण गरी जोखिम भार कम हुने खालका कम्पनीहरुमा हिमालयन लाइफले लगानी गर्न सक्नेछ’ उनले भने, ‘कम्पनीले सूचीकृत सेयरमा कति र कस्ता खालका कम्पनीमा लगानी गर्ने भन्ने कुरा संचालक समितिले निर्णय गर्नेछ ।’

उनका अनुसार कम्पनीले हालसम्म जोखिम कम हुने कम्पनीमा लगानी गर्दै आइरहेको छ । सेयरबजारमा अण्डरभ्यालु भएका कम्पनीहरुमा लगानी गर्दा बढी प्रतिफल पाउन सकिने उनको भनाई छ ।  

नेपाल बीमा प्राधिकरणले समेत बीमा कम्पनीहरुको लगानी गर्ने वातावरणमा सहज बनाइदिएको छ । यसअघि बीमा कम्पनीहहरुले सूचीकृत सेयरमा चुक्तापुँजीको ५ प्रतिशत रकम मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।  

प्राधिकरणले केही समयअघि मात्रै बीमा कम्पनीको लगानी निर्देशिका जारी गर्दै अब जीवन तथा निर्जीवन बीमा कम्पनीले चुक्तापुँजीको १५ प्रतिशतसम्म सूचीकृत सेयरमा लगानी गर्न पाउने व्यवस्था मिलेको छ ।  

प्राधिकरणको निर्देशनमा रहेर हिमालयन लाइफले पनि सूचीकृत सेयरमा लगानीको दायरा बढाउने कर्णले बताए ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.