बुधबार, असार १८,२०८२ 06:07:50
  • बुधबार, असार १८,२०८२ 06:07:50
Global IME Bank Limited

वाणिज्य बैंकको रिपोर्ट: लाभांश क्षमतामा एभरेष्ट अगाडि, इपीएसमा चाहिँ स्ट्याण्डर्ड चार्टर्ड(टेबलसहित)

Hyundai Nepal
वाणिज्य बैंकको रिपोर्ट: लाभांश क्षमतामा एभरेष्ट अगाडि, इपीएसमा चाहिँ स्ट्याण्डर्ड चार्टर्ड(टेबलसहित)
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये आर्थिक वर्ष २०८०-८१ का लागि सबैभन्दा आकर्षक लाभांश एभरेष्ट बैंकले बाँड्नसक्ने देखिएको छ । 

प्रतिसेयर आम्दानीतर्फ चाहिँ स्ट्याण्डर्ड चार्टर्डले लिड गरेको देखिन्छ ।  

बैंकहरुले प्रकाशित गरेका आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

लाभांश क्षमताको हिसाबले सबैभन्दा अगाडि एभरेष्ट बैंक देखिएको छ । उसले समीक्षा वर्षका लागि २९.८६ प्रतिशतको लाभांश क्षमता बनाएको छ ।  

यस्तै, दोश्रो स्थानमा स्ट्याण्डर्ड चार्टर्ड छ, जसको लाभांश क्षमता २६.५ प्रतिशत छ ।  

तेश्रो स्थानमा रहेको कृषि विकास बैंकको लाभांश क्षमता १७.३७ प्रतिशत रहेको छ ।  

चौथो स्थानमा रहेको नवील बैंकको लाभांश क्षमता १४.२६ प्रतिशत रहेको छ ।  

पाँचौ स्थानमा नेपाल एसबीआई बैंक र सानिमा बैंक रहेका छन् । यी दुवै बैंकको लाभांश क्षमता १० प्रतिशत रहेको छ ।  

२० वाणिज्य बैंकमध्ये चारवटाले समीक्षा वर्षका लागि कुनै लाभांश बाँड्ने छैनन् । ती बैंकहरु एनआईसी एशिया, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र कुमारी बैंक हुन् ।  

यसैगरी, प्रतिसेयर आम्दानीको हिसाबले भने केही फरक दृश्य देखिएको छ । सबैभन्दा अगाडि स्ट्याण्डर्ड चार्टर्ड रहेको छ, जसको इपीएस ३५ रुपैयाँ ९ पैसा रहेको छ ।  

दोश्रो स्थानमा ३१ रुपैयाँ ४५ पैसासहित एभरेष्ट बैंक छ भने २६.०९ रुपैयाँ इपीएससहित नवील तेश्रो स्थानमा छ ।  

कृषि विकास बैंक २४.७५ रुपैयाँ इपीएससहित यो सूचीमा चौथो स्थानमा छ भने पूर्ण सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंक २१.७३ रुपैयाँ इपीएससहित यो लिस्टको पाँचौ स्थानमा छ ।  

सबैभन्दा कम इपीएस कुमारी बैंकको ८.८ रुपैयाँ रहेको छ । एनआईसी एशिया, सिटिजन्स बैंकबाहेक अन्य बाँकी सबै वाणिज्य बैंकको इपीएस डबल डिजीटमा छ ।  

लाभांश क्षमता र इपीएसका आधारमा वाणिज्य बैंकहरुको सूचकसहितको टेबल :

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.