शनिबार, बैशाख १३,२०८२ 10:45:19
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 10:45:19
IME remit
Global IME Bank Limited

कुमारी बैंकको नाफामा ३४५% को उछाल, अधिकांश सूचकमा पनि अब्बल

Hyundai Nepal
कुमारी बैंकको नाफामा ३४५% को उछाल, अधिकांश सूचकमा पनि अब्बल
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार देखिएको छ । बैंकले आज सार्वजजिक गरेको गत आव २०८०/८१ को चौथो त्रैमासिक प्रतिवेदनअनुसार बैंक वित्तीय रुपमा स्वस्थ देखिएको छ ।  

बैंकले खुद नाफा आर्जनमा ३४५.६७ प्रतिशतको छलाङ मारेको छ । चौथौ त्रैमाससम्ममा बैंकले २ अर्ब ३० करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा भने बैंकको खुद नाफा ५१ करोड ७९ लाख रुपैयाँमा सीमित थियो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बैंकले नाफा बढाएता पनि खुद ब्याज आम्दानीमा भने झिनो कमी आएको छ । बैंकले १० अर्ब ९८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा भने ०.७१ प्रतिशतले मात्रै कम हो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ३९.८९ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ९१ करोड रुपैयाँबाट बढेर १० अर्ब २७ करोड रुपैयाँ पुगेको छ । जुन प्रतिशतका हिसाबले १०७.८५ प्रतिशतले बढी हो ।  

बैंकको सञ्चालन मुनाफामा पनि उछाल आएको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्ममा ९६ करोड १६ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा ३०५.९४ प्रतिशतले बढेर ३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।  

२६ अर्ब २२ करोड रुपैयाँ बढीको चुक्तापूँजी भएको बैंकले १४ अर्ब ६६ करोड रुपैयाँबराबरको रिजर्भ गरेको छ । बैंकको रिटेन्ड अर्निङ भने ३ अर्ब ७८ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । चौथो त्रैमाससम्ममा बैंकले निक्षेप संकलन र कर्जा प्रवाह समेत बढेको छ ।  

निक्षेप संकलन ३ खर्ब १६ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि २ खर्ब ७० अर्बबाट बढेर २ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ ।  

बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ७८ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । बैंकको खराब कर्जा अनुपात ४.९६ प्रतिशतबाट घटेर ४.९५ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)मा ३४६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आवमा १.९७ रुपैयाँमा सीमित रहेको बैंकको ईपीएस बढेर ८.८० रुपैयाँको उचाईमा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १४१.४७ रुपैयाँ,मूल्य आम्दानी अनुपात १७.४७ गुणा र तरलता अनुपात ३०.४७ प्रतिशत कायम भएको छ ।    

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.