आईतवार, बैशाख १४,२०८२ 12:55:48
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 12:55:48
IME remit
Global IME Bank Limited

राजनीतिक संकटले बंगलादेशको सेयर बजारमा पहिरो, अर्थतन्त्र चौपट हुने त्रासमा लगानीकर्ता

Hyundai Nepal
राजनीतिक संकटले बंगलादेशको सेयर बजारमा पहिरो, अर्थतन्त्र चौपट हुने त्रासमा लगानीकर्ता
Nabil Bank Limited

काठमाण्डौ । बंगलादेशमा बढेको राजनीतिक संकटका बीच त्यहाँको सेयर बजार परिसूचक ओरालो लागेको छ ।

बंगलादेशी मिडियाहरुकाअनुसार त्यहाँको शेयर बजारका प्रमुख परिसूचकहरू हिजो ओरालो लागेर तीन वर्षकै न्यून विन्दुमा पुगेका छन् । यो क्रमले आज(सोमबार) पनि निरन्तरता पाएको छ । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली)को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका थिए । उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । लगत्तै बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

यो अभूतपूर्व राजनीतिक घटनाक्रमका कारण बंगलादेशको सेयर बजार भविष्यमा अझै तल जाने निश्चित झै देखिन्छ ।  

त्यहाँका लगानीकर्ताहरुमा राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्र समस्यामा पर्ने डर पैदा हुँदा त्यसको प्रतिक्रिया सेयरबजारमा प्रतिबिम्बित भएको हो । घटनाक्रम नसोचेको दिशातर्फ अगाडि बढेपछि लगानीकर्ताहरु धमाधम सेयर बेच्दै हिँड्न थालेका मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ ।  

ढाका स्टक एक्सचेन्ज(डीएसई)को बेन्चमार्क परिसूचक डिसेक्स अघिल्लो दिनको तुलनामा करिब १.९६ प्रतिशतले घटेर ५,२२९ अंकमा बन्द भएको छ ।

यो मे २०२२ पछिको सबैभन्दा ठूलो गिरावट हो, जुनबेला देशको प्रमुख शेयर बजारको मुख्य सूचकांक १ सय ३५ बिन्दु, वा त्यस समयको कुलको २ प्रतिशतभन्दा बढीले घटेको थियो।

कम्तिमा पाँच ब्रोकरेज हाउसका अधिकारीहरूसँग कुरा गरेपछि, डेली स्टारका संवाददाताहरुले रिपोर्टमा लेखेका छन्-' तिनीहरूका कार्यालयहरू सीमित कर्मचारीहरूको भरमा चलिरहेका छन्, तर ती सबै ब्रोकरेज हाउसको ढोका पनि बन्द देख्न सकिन्छ ।'  

'राजनीतिक अस्थिरता बढ्दै जाँदा, अर्को इन्टरनेट ब्ल्याकआउटका कारण बजार फेरि बन्द हुने चिन्तामा लगानीकर्ताहरू रहेको रिपोर्टमा उल्लेख गरिएको छ । यही डरका कारण लगानीकर्ताहरुले आफ्नो शेयर बेचिरहेका छन्', एक ब्रोकरका प्रतिनिधिलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।  

एक मर्चेन्ट बैंकरले आफूले कुनै खरिद आदेश नपाउँदा हिजो कम्तीमा २५ वटा सेलिंग अर्डर गरेको जानकारी दिए ।

‘राजनीतिक अवस्था छिट्टै सुध्रने संकेत नदेखिएकाले जनतामा त्रास छ भन्ने कुरा बुझ्न सकिन्छ,’ उनले थपे ।

राजनीतिक अस्थिरताका बीचमा उत्पादन रोकिनु पर्दा सूचीकृत कम्पनीहरूको कार्यसम्पादन नराम्ररी प्रभावित भएमा लगानीको मूल्य घट्ने वा घाटासमेत हुनसक्ने अवस्था छ । यही डरका कारण समेत सेयर बेच्नेहरुको संख्या बढ्न थालेको देखिएको छ।

अर्को इन्टरनेट बन्द हुँदा व्यापारिक गतिविधिमा बाधा पुग्ने डरले लगानी गर्नुभन्दा हातमा नगद राख्न रुचाउनेहरुको संख्या त्यहाँ पछिल्लो समय ह्वात्तै बढेको बताइएको छ ।  

बजारमा कारोबार हुने कम्पनीमध्ये सोमबार ६ वटाको मात्र मूल्य बढेको छ भने ३७२ कम्पनीको मूल्यमा पहिरो गएको छ । 

चटगाउँ स्टक एक्सचेन्ज (सीएसई)मा पनि यस्तै प्रवृत्ति थियो किनकि बन्दरगाह सहर बजारको व्यापक परिसूचक क्यास्पी १.२७ प्रतिशतले घटेर १४,९२६ बिन्दुमा बन्द भयो ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.