बिहीबार, श्रावण ७,२०८३ 04:43:18
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 04:43:18
Bizshala
Global IME Bank Limited

नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने

नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने
New Office

काठमाण्डौ । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठनको कुरा गरेका थिए ।

राष्ट्रपतिका प्रेस सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको जानकारी दिएका छन् ।

राष्ट्रपति, सेना र विद्यार्थीबीचको बैठकपछि यो निर्णय भएको हो ।

मोहम्मद युनुसले भनेका छन्, ‘यति धेरै त्याग गरेका विद्यार्थीले मलाई यो कठिन समयमा नेतृत्व गर्न आग्रह गरिरहेका छन् भने म कसरी अस्वीकार गर्छु ।’

मंगलबार बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.