शुक्रबार, आश्विन ४,२०८१ 05:26:36
IME remit
  • शुक्रबार, आश्विन ४,२०८१ 05:26:36
IME remit
Global IME Bank Limited

केही सांसदका कारण बिच्किए लगानीकर्ता, ठूला निदाएपछि साना संगठन मैदानमा

Hyundai Nepal
केही सांसदका कारण बिच्किए लगानीकर्ता, ठूला निदाएपछि साना संगठन मैदानमा
Nabil Bank Limited

काठमाण्डौ । सेयर लगानीकर्ताहरुको हितका लागि खुलेका पुराना र मै हुँ भन्ने संगठनहरु तै चूप मै चूप गरी बसेपछि नयाँ र साना संगठनले भने सामूहिक विज्ञप्ति जारी गर्दै सांसदहरुले पूँजीबजारको विषयमा दिएका अभिव्यक्तिको विरोध गरेका छन् ।  

जनरल इन्भेष्टर एशोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपाल नामका चारवटा संगठनले बुधबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै केही सांसदहरुले ३२०० बाट तल झरेर बल्लतल्ल करेक्सन भइरहेको बजारको विषयमा दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेका हुन् ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

'बजार ३२०० को विन्दूबाट १८०० को विन्दूसम्म आइपुग्दा लगानीकर्ताले २५ खर्बभन्दा बढी रुपैयाँ गुमाइसकेको अवस्थामा कुनै पनि नियमन निकायबाट वा सांसदहरुबाट पुँजीबजारको विषयमा कुनै पनि आवाज उठेन, लगानीकर्ता तड्पिरहे । अहिले बजार केही करेक्सनको अवस्थामा चलिरहेको छ । यसैबीच कसैको प्रभावमा माननीय सांसद श्री प्रकाशशरण महत, श्री अमरेशकुमार सिंह, श्री राजन दहाल लगायत  अन्य सांसदहरुबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पूँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक छ ।'- विज्ञप्तिमा भनिएको छ ।  

लगानीकर्ता संगठनहरुले जनताको प्रतिनिधित्व गर्ने सांसदहरुलाई पूँजीबजारको विषयमा दिएको अभिव्यक्ति फिर्ता लिन समेत चेतावनी दिएका छन् । यदि बजारमा चलखेल भएको भए यसलाई नियमन गर्ने संस्थाले स्वतन्त्र रुपमा सुक्ष्म अध्ययन गरी छानबिन गरेमा आफूहरुले साथ दिने भन्दै विज्ञप्तिमा भनिएको छ-' पूँजी बजार लगानीकर्ताहरुको माग र आपूर्तिको आधारमा चल्ने बजार हो । देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पूँजीबजार पनि बिस्तारै बढ्दै जान्छ र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लगानी गर्न पाउँछन् । कम्पनी कति सुरक्षित छ या छैन भन्ने कुरा लगानीकर्ता स्वयम्ले निर्धारण गर्ने कुरा हो ।'  

लगानीकर्ताहरुले पूँजीबजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तितहरुबाट जथाभावी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गर्न समेत माग गरेका छन् ।  

उनीहरुले सांसदहरुको अभिव्यक्तिले २ खर्बभन्दा बढी लगानी क्षति हुन गएको भन्दै उनीहरुबाटै क्षतिपूर्ति भराउन व्यवस्था गर्न समेत माग गरेका छन् ।  

पूँजीबजारको विषयमा सांसदहरुबाट व्यक्त हुने गलत अभिव्यक्ति अन्त्य नभए त्यसको प्रतिकार गर्ने चेतावनी दिंदै ती संगठनले सबै लगानीकर्ताहरुलाई त्यस्ता गलत प्रवृतिविरुद्ध एकजुट भई उठ्न समेत आह्वान गरेका छन् ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.