मंगलवार, बैशाख १६,२०८२ 08:13:02
IME remit
  • मंगलवार, बैशाख १६,२०८२ 08:13:02
IME remit
Global IME Bank Limited

नेपाल टेलिकमले सस्ता र साना प्याकेज घटाएपछि मारमा परे सेवाग्राही

Hyundai Nepal
नेपाल टेलिकमले सस्ता र साना प्याकेज घटाएपछि मारमा परे सेवाग्राही
Nabil Bank Limited

काठमाण्डौ। नेपाल टेलिकमले भ्वाइस र डेटा सेवा शुल्क महँगो बनाएको छ। हाल टेलिकमले सस्ता प्याकेजहरु महँगो बनाएको हो। निजी सेवा प्रदायकसँग प्रतिस्पर्धी क्षमता बढाउन भइरहेकै प्याकेजहरू सस्तो बनाउनुपर्ने बेलामा सरकारी स्वामित्वको नेपाल टेलिकमले  प्याकेज घटाएपछि सेवाग्राही मारमा परेका  हुन्।

नेपाल टेलिकमले थोरै मूल्यका साना प्याकेजहरु निरुत्साहित गर्न थालेको छ। प्याकेजको संख्या धेरै भएको भन्दै टेलिकमले ग्राहकले धेरै रुचाएका र धेरै प्रयोगमा रहेका प्याकहरु नै हटाएर ठूला र महँगा प्याकहरू ल्याउन सुरू गरेको छ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

जसले गर्दा ग्राहकलाई ठूलो प्याकेज किन्न र धेरै मूल्य एकैपटक तिर्न समस्या भइरहेको छ। ठूलो आकारको डेटा प्याकेजहरु बिक्री गर्ने र त्यसबाट बढी आय गर्ने गरी टेलिकमले प्याकेजहरुको पुनर्संरचना गर्न थालेपछि धेरै ग्राहकहरु मारमापरेका हुन्।

सबै समयमा उपयोग गर्न सकिने (अल टाइम) भ्वाइस र डेटा, टेलिकमबाट टेलिकमकै फोन कल गर्न मिल्ने (एनटी टू एनटी) भ्वाइस प्याकसहित सर्वसाधारणले आवश्यकता अनुसार दैनिक रुपमा उपयोगमा खरिद गर्न मिल्ने डेटा र भ्वाइस प्याकहरु महँगो बनाइएको हो।

टेलिकमले अहिले एकैपटक महिना दिनभरि चलाउन मिल्ने गरी विभिन्न प्याकेजहरु हटाएर अनलिमिटेड योजना ल्याएको छ। न्युनतम् ७०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्मका प्याकेजहरु ल्याएको छ। यसलाई देखाएर धेरै साना र तुलनात्मक रुपमा सस्ता तथा लोकप्रिय योजनाहरु गायब पारिएको छ। 

सुरुवात नै ६९९ रुपैयाँबाट सुरु हुने प्याकेजले ग्राहकहरुलाई अनावश्यक डेटा र भ्वाइसमा खर्च गर्न बाध्यता पर्ने देखिन्छ।

टेलिकमले गत साउन १६ मा भ्वाइस र डेटातर्फका प्याकेजहरुमा विभिन्न परिवर्तन गरेको थियो। यो बेला केही रूचाइएका प्याकेजहरू पनि हटाइएका छन्। टेलिकमको यो कदमलाई धेरै ग्राहकहरुले मन पराएका छैनन्।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.