Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रिलायबल नेपाल लाइफको नाफामा सामान्य वृद्धि,बीमाशुल्क आर्जन ८.१७% ले बढ्यो

Global IME Bank Limited
रिलायबल नेपाल लाइफको नाफामा सामान्य वृद्धि,बीमाशुल्क आर्जन ८.१७% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा ४.९७ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आवको सोहि अवधिमा कम्पनीको खुद नाफा २२ करोड ४६ हजार रुपैयाँमा सीमित थियो । कम्पनीले समीक्षा अवधिसम्म  १ अर्ब ९३ करोड बीमाशुल्क संकलन गरेको छ । जुन आघल्लो आवको तुलनामा ८.१७ प्रतिशतले धेरै हो । अघिल्लो आवको समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँबराबरको बीमाशुल्क अंकलन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीबापत ६३ करोड ९० लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवभन्दा ५५.१५ प्रतिशतले धेरै हो ।  

कम्पनीको कुल खर्च १३.६८ प्रतिशतले बढ्दै २ अर्ब १८ करोड पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीले २ लाख ४५ हजार ९२० वटा पोलिसी जारी गरेको छ । कम्पनीले यो अवधिसम्म ५९ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमाससम्मको तुलनामा ५.०७ प्रतिशतले बढी हो ।  

समीक्षा अवधिसम्म कम्पनीले १३ अर्ब ८२ करोड रुपैयाँ दिर्घकालिन र १ अर्ब ३७ करोड रुपैयाँ अल्पकालिन लगानी गरेको छ । कम्पनीके सञ्चित आम्दानीमा सुधार भएको छ । कम्पनीको सञ्चित आम्दानी ३२.१६ प्रतिशतले बढेदै १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९.०१ र तरलता अनुपात ४३०.८४ गुणा कायम भएको छ ।    


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.