बिहीबार, बैशाख ३१,२०८३ 10:54:10
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:54:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विरोध थेग्न नसकेपछि पूर्वअर्थमन्त्री महतले सच्याए आफ्नो भनाई, ‘सेयर बजार बढ्नुहुन्न भनेकै छैन’

Laxmi Sunrise Bank Limited
विरोध थेग्न नसकेपछि पूर्वअर्थमन्त्री महतले सच्याए आफ्नो भनाई, ‘सेयर बजार बढ्नुहुन्न भनेकै छैन’
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री भइसकेका र सेयर बजारको विषयमा राम्रो सुझबुझ राख्ने तथा यो क्षेत्रलाई विशेष सदाशयता राख्ने नेताको रुपमा चिनिएका कांग्रेस प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारको विषयमा दिएको आफ्नो अभिव्यक्ति सच्याएका छन्।

बिहीबार संघीय संसदको अर्थसमितिमा नेपाल धितोपत्र बोर्डसँग गरेको छलफलका क्रममा उनले आफूले सेयर बजार बढ्नहुन्न भन्ने आशयको धारणा व्यक्त नगरेको भन्दै आफ्नो भनाईलाई तोडमोड गरिएको दाबी गरे ।

Bizshala
New Office
CG Motors

उनले सेयर बजारको विषयमा दिएको अभिव्यक्तिपछि सेयर लगानीकर्ता बिच्किएका छन् । डा. महतलाई बहिस्कार गर्नेसम्मको अभियान सामाजिक सञ्जालमा चलेको छ । चौतर्फी विरोधपछि डा. महतले आफ्नो भनाई सच्याएर प्रस्तुत गरेका हुन्।

बिहीबारको बैठकमा उनी सेयर बजारप्रति निकै नरम रुपमा प्रस्तुत भएका छन् । उनले आफूले लगानीकर्ताको पक्षमा बोलेको र भोलिको दिनमा पनि लगानीकर्ताकै साथमा रहने समेत बताए ।  

'संसदमा मैले सेयर बजार बढ्न हुन्न भनेर भनेको होइन । केही संस्थाको सेयरमूल्य धेरै माथि पुगेकोले त्यो जस्टिफाई हुने आधार लगानीकर्ताले हेर्नुपर्छ मात्र भनेको हो ।' उनले थपे-'बजारको नियामकले पनि स्वच्छ ढंगले कारोबार भएको छ कि छैन भन्ने विषय हेर्नुपर्छ । संसदमा उभिएर कुनै निकायको पक्ष वा विपक्ष तथा कुनै क्षेत्रको पनि पक्ष वा विपक्षमा बोल्ने हाम्रो काम होइन।' 

उनले भारतमा समेत सेयर बजारमा ठूलो चलखेलका विषय बेला बेला बाहिर आउने उल्लेख गर्दै नेपालमा पनि घोटाला हुँदै हुन्न भनेर बस्न नहुने दाबी गरे । यसकारण समेत धितोपत्र बोर्ड र अन्य निकायले स्वच्छ र स्वस्थ बजार निर्माणका लागि विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.