काठमाण्डौ। काठमाण्डौबाट धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाण्डौ फर्किएको छ। बिहीबार साँझ ५ः३० मा काठमाण्डौबाट धनगढीका लागि उडेको जहाज मौसम खराब भएपछि काठमाडौं फर्किएको हो।
नेपालगन्ज क्षेत्र आसपासमा ठूलो हावाहुरी चलेर मौसम एकाएक खराब भएको थियो।
मौसम खराब हुँदा जहाज धनगढीसम्म आउन समस्या हुने भएपछि जहाज काठमाण्डौ फर्किएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                