बुधबार, असार ११,२०८२ 09:56:20
  • बुधबार, असार ११,२०८२ 09:56:20
Global IME Bank Limited

लगानीकर्ता संगठनहरुको भीडमा नयाँ संगठन थपिदै, महासंघ बनाउन समेत पहल गरिने

Hyundai Nepal
लगानीकर्ता संगठनहरुको भीडमा नयाँ संगठन थपिदै, महासंघ बनाउन समेत पहल गरिने
Nabil Bank Limited

काठमाण्डौ। पूँजी बजार लगानीकर्ता संगठनहरुको भीडमा फेरि अर्को नयाँ संगठन थपिने भएको छ । सेयर बजारका अगुवा लगानीकर्ता डा. केशव श्रेष्ठको नेतृत्वमा नयाँ संगठन स्थापना गर्न लागिएको हो ।  

श्रेष्ठले आफ्नो फेसबुक पेज मार्फत यसबारे जानकारी दिएका छन् । उनले राज्यका निकाय तथा नियामक निकायसँग लगानीकर्ताहरुका  बुलन्द माग उठाउनको लागि नयाँ संगठन आवश्यक परेको बताएका छन् । श्रेष्ठले आफूले नयाँ संगठन खोल्दै गर्दा यस अघिका संगठनहरुलाई पनि एकबद्ध भएर अघि बढ्न पनि आह्वान गरेका छन् । संगठन स्थापना कार्यक्रम शनिबार बसुन्धारामा दिउसो ३ बजे साउथ वेष्ट कलेजको सभाहलमा हुने भएकोले सबै लगानीकर्ताहरुलाई उपस्थित हुन पनि श्रेष्ठले आह्वान गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

भेलाले तर्दथ समिति तय गर्ने र विधान बनाउने पनि उनले जानकारी दिए । ‘अहिले भएका लगानीकर्ता संगठनहरुबाट सक्रियाका साथ पूँजी बजारका मुद्दाहरु उठान गर्ने काम भएको देखिएन । अधिकांश संगठनहरुमा सबल नेतृत्व क्षमताको अभाव देखिएको छ । यी सबैलाई कमी कमजोरीलाई चिर्न नयाँ संगठनको आवश्यकता देखिएकाले यसतर्फ हामी अग्रसर भएका हौं,’ श्रेष्ठले नयाँ संगठन गठन गुर्नको औचित्यबारे भने, ‘ठूलो जनमानसलाई पूँजी बजारका बारेमा सचेतना जगाउने काममा समेत पुराना संगठनहरु चुकिरहेका छन् । नियामक निकायलाई खबरदारी गर्ने र लगानीकर्तालाई अप्ठेरो पर्दा भरपर्दो संगठनको अभाव देखिएकाले नयाँ संगठन गठन गुर्नपर्ने आवश्यकता देखिएको हो ’ उनले भने ।  

थौरै काम भएपनि प्रभावकारी काम गर्नेगरी लगानीकर्ताको महासंघ गठन हुनुपर्ने आवश्यकता समेत उनले औंल्याए । यसका लागि पहल हुने समेत उनले जानकारी दिए ।  

लगानीकर्ताहरुले पनि आ–आफ्नो स्वार्थमा अल्झिने संगठनहरुभन्दा पनि सबैलाई समेट्ने गरी लगानीकर्ता महासंघको आवश्यकता रहेको बताउँदै आईरहेका छन् । पूँजी बजारका जायज मुद्दाहरुलाई उठान गरी सम्बद्ध पक्षलाई पूँजी बजारको विकास र उत्थानका लागि झकझकाउने काम हुनुपर्ने लगानीकर्ताको एउटै स्वर रहेको छ । लगानीकर्ता संगठनहरुको उपस्थिती संख्यात्मक भन्दा पनि गुणात्मक र प्रभावकारी हुनुपर्ने उनीहरुको माग रहँदै आएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.