शुक्रबार, आश्विन ४,२०८१ 06:18:40
IME remit
  • शुक्रबार, आश्विन ४,२०८१ 06:18:40
IME remit
Global IME Bank Limited

आज लिखित निर्देशन किन नदिएको ? अर्थसमितिका सभापति भन्छन्-'म बोलेको पूरा गर्ने मान्छे हुँ, तलमाथि हुँदैन'

Hyundai Nepal
आज लिखित निर्देशन किन नदिएको ? अर्थसमितिका सभापति भन्छन्-'म बोलेको पूरा गर्ने मान्छे हुँ, तलमाथि हुँदैन'
Nabil Bank Limited

काठमाण्डौ । पूँजीबजारको विकास, बिस्तार, सुधार तथा बढ्दो बजारमाथि सांसददेखि विभिन्न पक्षबाट हुन थालेको सुनियोजित आक्रमण रोक्ने उद्देश्यले सरकारलाई लिखित निर्देशन दिने तयारीमा जुटेको प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले आज समय अभावले पूर्वघोषित काम गर्न सकेन ।  

हिजो साँझ बिजशालासँग कुरा गर्दै अर्थसमितिका सभापति सन्तोष चालिसेले पूँजीबजारको विकास, बिस्तार र दिगोपनाका लागि बजारमा देखिएको उत्साह बढाउने उद्देश्यले सरकार र अन्य निकायका नाममा निर्देशन जारी गर्ने गरी निर्णय गराइने प्रतिबद्धता जनाएका थिए । 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

सोही प्रतिबद्धताअनुसार चालिसेले शुक्रबार दिउँसो १ बजेदेखि अर्थसमितिको बैठक समेत बोलाएका थिए । बैठकमा सांसदहरुले पूँजीबजारको समस्या, यसप्रति विभिन्न क्षेत्रबाट भइरहेका आक्रमण र बजारमा देखिएको उत्साहलाई कायमै राखी लगानीकर्ताको मनोबललाई गिर्न नदिने विषयमा चाल्न सकिने सम्भावित कदमको विषयमा व्यापक छलफल गरेका थिए ।  

अर्थसमितिले पूँजीबजारको विषयमा मात्र नभई बैंकिङ कसूरको विषयमा समेत सरकार र सम्बद्ध निकायलाई निर्देशन दिनुपर्ने विषय पनि बैठकमा प्रवेश भएको थियो । पूँजीबजारसँगै अन्य विषय समेत थपिएपछि छलफल लम्बिएको र शुक्रबार लिखित रुपमा निर्देशन दिन नसकिएको सभापति चालिसेले जानकारी दिए ।  

‘तपाईहरुले बोलेको कुरा पूरा गर्नुहुँदैन कि क्या हो भनेर जनताले शंकाको नजरले पनि हेरिरहेका छन् है, किन आज लिखित निर्देशन नपठाउनुभएको ?’ भन्ने बिजशालाको प्रश्नमा चालिसेले भने–‘म बोलेको कुरा पूरा गर्ने मान्छे हुँ । मैले हिजो तपाईको मिडियामा जे बोलेँ, हुबहु तिनै कुरा निर्देशनको रुपमा सरकार र अन्य निकायहरुलाई जान्छ, ढुक्क हुनुहोला । नियतवश आज लिखित निर्देशन नपठाइएको होइन, समय अभावले यस्तो भएको हो ।’  

उनले आइतबार बिहान ११ बजेभित्र लिखित निर्देशन तयार गरी सरकार र सम्बद्ध निकायलाई पठाइने पनि प्रष्ट पारे । उनले आजको बैठकमा पूँजीबजार र बैंकिङ क्षेत्रका केही विज्ञहरुसँग सल्लाह लिएका कारण समय अभाव भएको समेत प्रष्ट्याए ।  

हिजो साँझ बिजशालालाई टेलिफोन गरी अर्थसमितिका सभापति चालिसेले 'आफू पूँजीबजारमैत्री सांसद' भएको प्रष्टीकरण दिएका थिए ।  

उनले सरकारलाई पूँजीबजारमा देखिएको सकारात्मक माहौल बिग्रिन नदिन र लगानीकर्ताको मनोबललाई उच्च बनाउने नीतिगत व्यवस्था तथा सम्बोधनका लागि लिखित निर्देशन दिने बताएका थिए ।  

आफूले शुक्रबार नै अर्थमन्त्रालयलाई पूँजीबजारको विषयमा नकारात्मक माहौल बनाउने विषयहरु अन्त र सकारात्मक माहौल सिर्जनाका लागि सम्बोधन गर्नुपर्ने विषय लगायतमा लिखित निर्देशन दिने बताएका थिए ।  

'म पूँजीबजारमैत्री अर्थसमितिको सभापति हुँ । मलाई बजारको भिलेनको रुपमा कसैले प्रस्तुत गरिदिनुभएन ।' उनले बिजशालासँग भनेका थिए-'म भोलि नै धितोपत्र बोर्डको अध्यक्ष शीघ्र नियुक्त गर्न र बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्ने विषयमा लिखित निर्देशन दिंदैछु ।'  

उनले अर्थमन्त्रालयलाई मात्र नभई सरकारलाई समेत सम्बोधन गर्दै सांसदहरुलाई पूँजीबजारको विषयमा जथाभावी बोल्न रोक लगाउन समेत निर्देशन दिइने दाबीसम्म गरेका थिए । 'पूँजीबजार सम्वेदनशील क्षेत्र हो भन्ने थाहा पाइसकेपछि सांसदरुले समेत आफ्नो बोलीमा लगाम लगाउनुपर्यो ।' उनले थपे-'सांसद, लगानीकर्ता, पत्रकार सबै मिलेर पूँजीबजारलाई थप मजबुत, पारदर्शी र दिगो बनाउनतर्फ लाग्नुपर्छ । मेरो निर्देशन पनि यिनै विषयमा केन्द्रीत हुनेछन् ।'  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.