Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषदबीच सहकार्य गर्ने समझदारी

Global IME Bank Limited
नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषदबीच सहकार्य गर्ने समझदारी
Nabil Bank Limited

काठमाण्डौ । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषदबीच सहकार्य गर्ने समझदारी भएको छ ।  

परिषदका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितीलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीतिगत सुधार एवं सम्भावनाका विभिन्न विषयमा सहकार्य गर्ने सझदारी बनेको हो । दुई संस्थाबीच नीति निर्माणदेखि भन्सार सहजीकरण गर्ने विषयमा सहकार्य हुनेछ ।  

निर्यातयोग्य बस्तुहरुको पहिचान र प्रर्वद्धन हुन नसक्दा अपेक्षित लाभ लिन नसकिएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए । अध्यक्ष मल्लले भने, ‘मुलुकमा १० खर्ब भन्दा बढीको निर्यात सम्भावना छ । तर डेढ खर्व रुपैयाँ बराबरको पनि निर्यात हुन सकेको छैन ।’

निर्यात प्रर्वद्धनमा देखिएको नीतिगत कठिनाई अन्त्य गर्न चेम्बरले पहल गर्ने अध्यक्ष मल्लले बताए । व्यापार घाटा न्यूनीकरणका लागि नीतिगत सुधारसंगै भन्सार प्रशासनलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ । यस्तै भन्सारमा उच्चस्तरीय क्वारेन्टिन ल्याव स्थापना एवं निर्यातमा दिईने सहुलियतको प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा अध्यक्ष मल्ललले जोड दिए ।  

वस्तु निर्यात गर्दा अनलाइनबाट सिधै भुक्तानी गर्न सकिने व्यवस्था गरिए निर्यात दोब्बरले वृद्धि गर्न सकिने उनको भनाई छ । मुलुकभरबाट उत्पादन भएका कृषिजन्य, हस्तकला, जडिबुटी, चिया, कफी लगायतका वस्तुलाई एकै ठाउँमा जम्मा गरी एकीकृत निर्यात केन्द्र वा निर्यात प्रवर्धन गृहमार्फत निकासी गर्न सकिए साना व्यवसायीलाई लाभ तथा उत्पादन लागत कम  हुनेमा अध्यक्ष मल्लले जोड दिए ।  

 

कार्यक्रममा नेपाल निर्यात परिषदका नवनिर्वाचित अध्यक्ष नरेशलाल श्रेष्ठले भन्सार प्रक्रिया सहजीकरण नहुँदा व्यवसायीले अनावश्यक दुःख पाएको गुनासो गरे ।  

 

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.