Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि सहित ३ को सर्वाधिक कारोबार

Hyundai Nepal
२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि सहित ३ को सर्वाधिक कारोबार
Nabil Bank Limited

काठमाण्डौ । सेयरबजारमा आज सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.४४ अंकले बढेर २ हजार ०८५ बिन्दु कायम भएको छ ।  

नेप्से इन्डेक्स बढेपनि आज कारोबार रकम भने घटेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

Shivam Cement
Sagarmatha Cement

नेप्सेमा रहेका १३ उपसूचकमध्ये व्यापार र अन्य समूह घटेका छन् भने बाँकी सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा उपसूचक ०.७५ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.०७ प्रतिशतले बृद्धि भएको छ ।  

नेप्सेमा सूचीकृत २६ बीमा कम्पनीमध्ये आज ४ बीमा कम्पनीको सेयरभाउ मात्रै घटेको छ, भने बाँकी २२ कम्पनीको सेयरभाउ बढेको छ ।  

आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा युनाईटेड अजोड इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ७।४० प्रतिशतले बढेर ५९५ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ४.४७ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.११ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको २.८३ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.६६ प्रतिशत, नेशनल लाइफको २.४० प्रतिशत, हिमालयन लाइफको १.६९ प्रतिशत, एनएलजीको १.४७ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.३६ प्रतिशत, सलिकोको १.०४ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.९८ प्रतिशत, नेकोको ०.९६ प्रतिशत र सुर्यज्योति लाइफको ०.८० प्रतिशतले सेयरभाउ बढेको छ ।  

यसका साथै रिलायबल नेपाल लाइफको ०.७८ प्रतिशत, आइएमई लाइफको ०.७४ प्रतिशत , सन नेपाल लाइफको ०.७० प्रतिशत, सिद्धार्थ प्रियिमर इन्स्योरेन्सको ०.५७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.५४ प्रतिशत, सानिमा जिआईसीको ०.५२ प्रतिशत, नेपाल लाइफको ०.२६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.१९ प्रतिशत र एशियन लाइफको ०.१५ प्रतिशतले सेयरभाउ बढेको छ ।  

आज ४ बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक राष्ट्रिय बीमा कम्पनीको सेयरभाउ ०.७० प्रतिशत अर्थात् सय रुपैयाँले घटेर १४ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, एलआईसी नेपालको ०.५० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३७ प्रतिशत र सिटिजन लाइफको ०.११ प्रतिशतले सेयरभाउ बढेको छ ।  

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीन बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि को ३३ करोड ७६ लाख रुपैयाँ, नेपाल रि को ८ करोड ७४ लाख रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ४ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.